उच्च अदालतबाट थुनामुक्त होलान् कृष्णबहादुर महरा ?
बिहीबार, ०३ पुस २०७६, १३ : ०५
काठमाडौ । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ । जर्वजस्ती बलात्कार प्रयास आरोपमा आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौँको निर्णयविरूद्ध महराले पुनरावेदन गरेका थिए ।
उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेका हुन् ।
महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश बदर माग गरेका थिए ।
यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो ।
बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने अथवा बदर गर्नेमध्ये एक निर्णय गर्ने छ । उच्च अदालतले जिल्लाको फैसला उल्ट्याए महरा थुनामुक्त हुने छन् भने सदर गरे थुनामै रहनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण