धनगढीका विद्यालय दुई दिन बन्द
बिहीबार, ०३ पुस २०७६, १५ : १५
कञ्चनपुर । धनगढी उपमहानगरपालिकाले चिसोका कारण उपमहानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा दिने आज निर्णय गरेको छ ।
केही दिनदेखि आएको मौसमी खराबीका कारण अत्याधिक चिसो बढ्न गई नियमित विद्यालय सञ्चालन गर्न कठिनाई भएकाले यही ३ र ४ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सामुदायिक र संस्थागत विद्यालयमा वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी आज बिहान मात्रै विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिधा कुरा’ प्रकरणमा नाम जोडिएकोप्रति अख्तियारको आपत्ति
-
गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो
-
एकता गर्न ठिक्क परेको मोहन वैद्यको पार्टी फुट्यो
-
कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसको प्रश्न : अहिलेसम्म सरकार गठन किन नगरेको ?
-
जिफन्टले भन्यो– श्रमिकमाथिको शोषण झन् बढ्यो
-
संविधान संशोधन गर्ने बेला भयो : रमेश लेखक