‘नेपालको सीमाबाटै छिर्छन् भारतमा अशान्त फैलाउने तत्व’
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्ने आरोप लगाएका छन् । उनले भनेका छन्, ‘केही यस्ता तत्व छन् जो भारतमा शान्ति देख्न चाहँदैनन् र उनीहरु देशमा प्रवेशका लागि खुल्ला सीमा, विशेषगरी नेपालका सीमा प्रयोग गर्छन् ।’
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अमित शाहले सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा पछिल्लो एक वर्षमा भारतमा घुसपैठको प्रयास गर्ने दुई पाकिस्तानीसमेत ५४ लाई पक्राउ गरिएको छ । यी व्यक्तिहरु पाकिस्तानसमेत २४ देशका नागरिक हुन् ।
सशस्त्र सीमा बल अर्थात् एसएसबी नेपाल र भूटानसँग जोडिएको १ हजार ७ सय ५१ किलोमिटर लामो सीमाको रक्षा गर्छन् । शाहले नेपाल र भुटानसँग भारतको सम्बन्ध मैत्रीपूर्ण रहेको बताएका छन् ।
उनले भने, ‘जब संसारमा यात्रा गर्न सहज हुन्छ तब ती देशका ती तत्व जो भारतमा शान्ति देख्न चाहँदैनन् उनीहरु देशमा घुसपैठका लागि नेपालको सीमा प्रयोग गरिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण