जाउलाखेलमा किया मोटर्सको अत्याधुनिक शोरुम संचालन, किया सेल्टोस कार सार्वजनिक
ललितपुर– विश्वप्रख्यात कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा अत्याधुनिक सुबिधा सहितको शोरुम सञ्चालनमा ल्याएको छ ।
थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको शोरुमको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका छन् । शोरुममा कियाबाट उत्पादन भएका नेपालमा उपलब्ध सबै गाडी उपलब्ध हुनुका साथै बिक्रीपछिको सेवापनि दिने कम्पनीले जनाएको छ । करिब ३ रोपनी क्षेत्रफल रहेको शोरुममा २५ जना भन्दा बढी प्राबिधिक तथा कर्मचारी सेवामा रहनेछन ।

शोरुम उद्घाटनसँगै नेपालमा बहुप्रतिक्षित किया सेल्टोस कार अनावरण पनि गरिएको छ । विश्वभरका मानिसहरुको पहिलो रोजाई बनेको किया मोटर्स कोरियन कम्पनि हो । नेपालमा समेत ग्राहकहरुको अत्याधिक माग रहेपछि सेल्टोस नेपालमा बिक्री सुरु गरेको किया जाउलाखेलका प्रमुख शंकु घिमिरेले जानकारी दिए ।
सेल्टोसको मुल्य नेपाली बजारमा ४९ लाख ९० हजार देखि ६६ लाख ९९ हजार सम्म पर्ने कम्पनीले जानकारी दिएको छ । किया जाउलाखेलले सुरुवाती बुकिङमा १ लाख ५० हजार सम्मको नगद छुटको सुविधा दिएको छ । जसले ग्राहकलाई आफ्नो रोजाइको गाडी किन्न सहज हुने कम्पनीको विश्वास छ ।

किया जाउलाखेलमा प्रमुख घिमिरेले भने, सेन्टोस हाल भारतमा सर्वाधिक बिक्रि हुने गाडीको सुचिमा चौथो नम्बरमा छ । चाडै नेपाल र भारत दुवै ठाँउमा सेल्टोस एक नम्बरमा आउँछ । साथै सेल्टोस सुविधा र सुरक्षा दुवैका दृष्टिकोणले राम्रो भएकाले ग्राहकहरुको रुचिमा पर्नेट ।’

कियाले सन् २०१९ देखि आफ्नो उत्पादन भारतमा सुरु गरेको थियो । भारतमा निकै लोकप्रिय भएको सेल्टोस नेपालमा पनि सफल हुने कम्पनीको विश्वास छ ।
यस्तै किया जाउलाखेलबाट अत्याधुनिक सुबिधा सहितका बिद्युतिय गाडीपनि नेपाली बजारमा बिक्रि सुरु गरिएको छ । कियाले यस अघि बिक्रि सुरुगरेको स्पोर्टेज गाडी नेपाली बजारमा सर्वाधिक रुचाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण