सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशील छ: मन्त्री भट्टराई
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् ।
गोरखा नगरपालिका–४ पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्ण कदको शालिकको आज अनावरण गर्दै उनले नेपालले कसैको भूमिमाथि आँखा नलगाउने र नेपालको भूमिमाथि पनि कसैले थिचोमिचो गरेको मान्य नहुने बताए ।
‘हामी कसैको भूमिमाथि पनि आँखा लगाउदैनौँ, हाम्रो भूमिमाथि पनि थिचोमिचो नहोस्, हाम्रो भूमिमाथि गलत ढङ्गबाट आँखा नलगाइयोस्’, मन्त्री भट्टराईले भने, ‘भारतले नेपालको भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि सरकारले वार्ता र संवादमार्फत विवाद समाधानका लागि प्रयत्न गरिरहेको छ ।’
‘नेपाल गौतम बुद्ध जन्मिएको भूमि हो, यहाँ युद्ध, अशान्ति र झगडाको गुन्जायस छैन’, उनले भने, ‘हामी आपसी समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न तत्पर छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण