दबंग थ्रीः ६ वर्षमा सलमान खानको दोस्रो खराब ओपनिङ, यस्तो छ १० वर्षको फिल्मको रेकर्ड
बलिउड सुपरस्टार सलमान खानको यो वर्षको दोस्रो फिल्म दबंग–थ्री रिलिज भइसकेको छ । शुक्रबार रिलिज भएको फिल्मलाई दर्शकले राम्रै तरिकाले स्वागत गरे तर यसपटक यो फिल्मले सलमान खानको पुराना फिल्मले झैं खासै राम्रो प्रदर्शन गर्न सकेन । हुन त सलमान खानका फिल्मले ओपनिङ डेमा नै ४० करोडसम्मको कलेक्सन गरिसकेको छ तर यसपटक गति अलि ढिलो छ ।
स्मरण रहोस् दबंग–थ्रीले पहिलो दिन २४.५ करोडको कमाई गरेको छ जुन निकै राम्रो कलेक्सन हो । यद्यपि, यदि सलमान खानका अन्य फिल्मसँग यसको तुलना गर्ने हो भने सलमानले यसपटक विशेष प्रदर्शन गर्न असफल रहे । यो पछिल्लो ६ वर्षमा दोस्रो खराब ओपनिङ हो । यसअघि सन् २०१७ मा रिलिज भएको ‘ट्युबलाइट’ ले पछिल्लो दिन २१.१५ करोडको कलेक्सन गरेको थियो जबकी अन्य फिल्मले २५ करोडको आँकडा पार गरेको थियो ।
यदि सलमान खानको पछिल्लो १० वर्षको कुरा गर्ने हो भने उनका फिल्मले राम्रो प्रदर्शन गर्यो जसमा ‘प्रेम रतन धन पायो’ ले पहिलो दिन नै ४०.३५ करोड कमाई गरेको थियो । त्यसपछि सुल्तानले ३६.५४ करोड र ‘टाइगर जिन्दा हे’ ले ३४.१० करोडको ओपनिङ गरेको थियो । सलमान खानको १० वर्षको अवधिमा रिलिज भएका फिल्मले कस्तो प्रदर्शन गर्यो त्यसबारे जानकारी लिऔं ।
सन् २०१०ः वीर – ७ करोड
सन् २०१०ः दबंग – १४.५० करोड
सन् २०११ः रेड्डी – १३.१५ करोड
सन् २०११ः बडीगार्ड – २१.६० करोड
सन् २०१२ः एक था टाइगर – ३२.९३ करोड
सन् २०१२ः दबंग टु – २१.१० करोड
सन् २०१३ः जय हो – १७.७५ करोड
सन् २०१४ः किक – २ट.४० करोड
सन् २०१५ः बजरंगी भाइजान – २७.२५ करोड
सन् २०१५ः प्रेम रतन धन पायो – ४०.३५ करोड
सन् २०१६ः सुल्तान – ३६.५४ करोड
सन् २०१७ः ट्युबलाइट – २१.१५ करोड
सन् २०१७ः टाइगर जिन्दा हे – ३४.१० करोड
सन् २०१८ः रेस – २९.१७ करोड
सन् २०१९ः भारत – ४२.३० करोड
सन् २०१९ः दबंग – २४.५० करोड
केही अनुमानका अनुसार दबंग थ्रीको कलेक्सनमा नागरिक संशोधन कानूनको विषयमा भइरहेको विरोध प्रदर्शनका कारण पनि निकै असर परिरहेको छ । विरोध प्रदर्शनबाट करिब २०–२५ प्रतिशत कलेक्सनमा असर परिररहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण