बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जीवनको संघर्षले बाधासँग लड्ने शक्ति बढाउँछ, यो बिना हामी तीब्र गतिमा अघि बढ्न सक्दैनौं

आइतबार, ०६ पुस २०७६, १२ : ४३
आइतबार, ०६ पुस २०७६

जो व्यक्तिको जीवन अत्यन्त संघर्षशील हुन्छ उनीहरुले नै पछि गएर केही उल्लेखनीय काम गर्न सक्छन् किनभने संघर्षले नै बाधासँग लड्ने शक्ति बढाउने गर्छ । संघर्षबिना बाँच्ने मानिसहरु कमजोर हुन्छन् । यसबारे एउटा लोककथा निकै चर्चित छ । कथाका अनुसार एक व्यक्ति जंगलमा घुमिरहेका थिए । उनी केहीबेर सुस्ताउन एउटा रुखमुनी बस्छन् । त्यहाँ उनले एउटा अण्डाबाट पुतलीको बच्चा निस्कने कोसिस गरिरहेको देख्छन् । अत्यधिक प्रयास गर्दा पनि पुतलीको बच्चा बाहिर निस्कन सकिरहेको थिएन । केही बेरपछि पुतलीले पुनः कोसिस गर्‍यो तरपनि असफल रह्यो ।

– पुतलीको बच्चाको यो संघर्ष ती व्यक्तिले निकै ध्यानपूर्वक हेरिरहेका थिए । उनले सोचे कि ‘यो बच्चा बाहिर निस्कन सक्दैनँ त्यसैले मैले मद्दत गर्नुपर्छ’ । त्यसकारण ती व्यक्तिले अण्डा फुटाइदिए र पुतलीको कोमल बच्चा बाहिर निस्कियो  । उसको स–साना पखेटा खुम्चिएका थिए । ती व्यक्तिले केही बेरपछि पुतली आफैं पखेटा फिँजाएर उड्न थाल्ने अनुमान गरे । उनी त्यहिँ बसेर पुतली उड्ने प्रतिक्षा गर्न थाले । धेरै बेरपछि पनि पुतलीले पखेटा फिँजाउन सकेको थिएन ।

– व्यक्तिले सोचे, ‘सायद मैले त्यो बच्चालाई मद्दत गरेर उसलाई सधैंका लागि कमजोर त बनाइनँ ?’ पुतलीको बच्चाका लागि अण्डाबाट बाहिर निस्कने बेलाको संघर्ष अत्यावश्यक थियो । यो संघर्षले उसको शक्ति बढ्थ्यो र सही समय आएपछि आफैंले अण्डा फोडेर बाहिर आउन सक्थ्यो तर उसको पखेटा राम्रोसँग विकसित हुनुअघि नै उसको संघर्ष समयअगावै समाप्त भएको थियो । जसकारण उसको शरीरको शक्ति राम्रोसँग विकास हुन सकेन ।

जीवन प्रबन्धनः

यो सानो प्रसंगमार्फत् हामीले यो सिक्नुपर्छ कि संघर्षले नै हाम्रो शक्तिलाई बढाउँछ । यसै शक्तिको मद्दतले हामी तीब्र रुपमा अघि बढ्न सक्छौं । जबसम्म हामी संघर्षसँग जुध्दैनौं तबसम्म हाम्रो योग्यता थाहा पाउन सकिँदैन । हामी आफैंले बाधालाई टाढा राख्ने कोसिस गर्नुपर्छ । कहिले पनि कसैको मद्दतको आशा गर्नुहुँदैन । नभए हामी अरुको मद्दतले कमजोर बन्न सक्छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप