जीवनको संघर्षले बाधासँग लड्ने शक्ति बढाउँछ, यो बिना हामी तीब्र गतिमा अघि बढ्न सक्दैनौं
जो व्यक्तिको जीवन अत्यन्त संघर्षशील हुन्छ उनीहरुले नै पछि गएर केही उल्लेखनीय काम गर्न सक्छन् किनभने संघर्षले नै बाधासँग लड्ने शक्ति बढाउने गर्छ । संघर्षबिना बाँच्ने मानिसहरु कमजोर हुन्छन् । यसबारे एउटा लोककथा निकै चर्चित छ । कथाका अनुसार एक व्यक्ति जंगलमा घुमिरहेका थिए । उनी केहीबेर सुस्ताउन एउटा रुखमुनी बस्छन् । त्यहाँ उनले एउटा अण्डाबाट पुतलीको बच्चा निस्कने कोसिस गरिरहेको देख्छन् । अत्यधिक प्रयास गर्दा पनि पुतलीको बच्चा बाहिर निस्कन सकिरहेको थिएन । केही बेरपछि पुतलीले पुनः कोसिस गर्यो तरपनि असफल रह्यो ।
– पुतलीको बच्चाको यो संघर्ष ती व्यक्तिले निकै ध्यानपूर्वक हेरिरहेका थिए । उनले सोचे कि ‘यो बच्चा बाहिर निस्कन सक्दैनँ त्यसैले मैले मद्दत गर्नुपर्छ’ । त्यसकारण ती व्यक्तिले अण्डा फुटाइदिए र पुतलीको कोमल बच्चा बाहिर निस्कियो । उसको स–साना पखेटा खुम्चिएका थिए । ती व्यक्तिले केही बेरपछि पुतली आफैं पखेटा फिँजाएर उड्न थाल्ने अनुमान गरे । उनी त्यहिँ बसेर पुतली उड्ने प्रतिक्षा गर्न थाले । धेरै बेरपछि पनि पुतलीले पखेटा फिँजाउन सकेको थिएन ।
– व्यक्तिले सोचे, ‘सायद मैले त्यो बच्चालाई मद्दत गरेर उसलाई सधैंका लागि कमजोर त बनाइनँ ?’ पुतलीको बच्चाका लागि अण्डाबाट बाहिर निस्कने बेलाको संघर्ष अत्यावश्यक थियो । यो संघर्षले उसको शक्ति बढ्थ्यो र सही समय आएपछि आफैंले अण्डा फोडेर बाहिर आउन सक्थ्यो तर उसको पखेटा राम्रोसँग विकसित हुनुअघि नै उसको संघर्ष समयअगावै समाप्त भएको थियो । जसकारण उसको शरीरको शक्ति राम्रोसँग विकास हुन सकेन ।
जीवन प्रबन्धनः
यो सानो प्रसंगमार्फत् हामीले यो सिक्नुपर्छ कि संघर्षले नै हाम्रो शक्तिलाई बढाउँछ । यसै शक्तिको मद्दतले हामी तीब्र रुपमा अघि बढ्न सक्छौं । जबसम्म हामी संघर्षसँग जुध्दैनौं तबसम्म हाम्रो योग्यता थाहा पाउन सकिँदैन । हामी आफैंले बाधालाई टाढा राख्ने कोसिस गर्नुपर्छ । कहिले पनि कसैको मद्दतको आशा गर्नुहुँदैन । नभए हामी अरुको मद्दतले कमजोर बन्न सक्छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण