टीसीएलका अत्याधुनिक एनड्रोइड स्मार्ट टीभी बजारमा
काठमाडौं– अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वको दोस्रो ठुलो टीभी ब्राण्ड टीसीएल आफ्नो ग्राहक माझ नयाँ उत्पादन लिएर आएको छ । टीसीएलले ६५ इन्चमा पी८एम र पी८एस दुई मोडल नेपाली बजारमा भित्र्याएको हो ।
स्मार्ट टीभीको उत्पादन ९० को दशकमा भएको पाइन्छ, तर स्मार्ट टीभी के हो यकिन व्याख्या भनेको कसैले गरेको देखिदैँन । टीभीमा इन्टरनेट को प्रयोग गर्न मिल्ने विभिन्न सञ्जालहरु चलाउन मिल्ने हुँदा स्मार्ट भनिएको कम्पनीले बताएको छ ।
जती जती नयाँ स्मार्ट टीभीहरु उत्पादन हुन्छन् त्यतीनै नयाँ टीभीका एप्लिकेसनहरु अपग्रेड भएर आएका हुन्छन् । त्यसैले टीभीको स्मार्ट फिचरहरु पनि विभिन्न भर्सनमा आउने गर्दछ ।
आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिदै टीसीएलले पी८एम र पी८एस गरी दुई छुट्टा छुट्टै स्मार्ट टीभीका मोडल नेपाली बजारमा भित्राएको हो । दुवै टीभीहरु ६५ इन्चमा उपलब्ध छन् र दुवै ४के यूएचडीअन्तर्गत रहेका छन् ।
एनड्रोइडमा भ्वाइस सर्च, गुगल एसिस्टेन्ट, गुगल प्ले स्टोर, नेटफ्लिक्स, यूट्यूव र टी–जोन जस्ता विशेषटा यस एनरोइड टीभीमा भएको कम्पनीले बताएको छ ।
डीटीएस, प्रिमियम साउण्ड, डब्ली अडियो, ब्लूटुथ अडियो जस्ता यसका साउण्ड क्वालिटी रहेको छ । यस एनड्रोइड स्मार्ट टीभीको नेपाली बजारको आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण