सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु, ४ जना गम्भीर घाइते
सुनसरी । सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । सुनसरीको नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा सोमबार बिहान ट्रकसँग बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकको पछाडी सोही दिशातर्फ गइरहेको एम्बुलेन्स ठोक्किएको थियो ।
बिहान सवा ८ बजे भएको सो दुर्घटनामामा एम्बुलेन्समा सवार बिरामी उदयपुरको गढी नगरपालिका ५ का ५० वर्षीय चेतबहादुर विकको मृत्यु भएको हो । जिल्ला अस्पताल पु¥याउनसाथ विष्टलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक, परिचालकसहित ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा भर्ना गरिएको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते ४ जनाकै अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण