प्रहरी अस्पतालमा नयाँ नेतृत्व आउँदै, तीनजना डिआईजी प्रतिस्पर्धामा
सोमबार, ०७ पुस २०७६, २१ : १५
काठमाडौँ । नेपाल प्रहरी अस्पतालको नेतृत्व खाली भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा पुनको पुस ४ गते अनिवार्य अवकास लिएपछि नेतृत्व खाली भएको हो ।
डा पुनको कार्यकाल सकिएसँगै अस्पतालको नेतृत्व लिन वर्तमान तीन प्रहरी नायव महानिरीक्षक मेडिकल डाइरेक्टर बन्न प्रतिस्पर्धामा उत्रेका छन् । कार्यसम्पादन मुल्याङ्कन र वरिष्ठताको आधारमा पहिलो नम्बरमा रहेका डा मीनराज पाठकलाई निमित्त डाइरेक्टर बनाइएको छ ।
डा पाठकलाई नै डाइरेक्टर बनाउने तयारी सरकारले गरेपनि दोस्रो नम्बरमा रहेका डा आशा सिंह र तेस्रो नम्बरमा रहेका डा सुमनराजा श्रेष्ठ पनि प्रतिस्पर्धामा उत्रेका हुन् ।
यी तीनै जना एकैपटक डीआइजी बनेका हुन् । प्रतिस्पर्धामा रहेका डा पाठक सुदुरपश्चिम निवासी, डा सिंह तराईबासी र डा श्रेष्ठ काठमाडौँ बासी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण