आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकाः विमान कम्पनी बोइंगले सिइओलाई निकाल्यो, त्रुटिलाई नजरअन्दाज गरेको आरोप

मङ्गलबार, ०८ पुस २०७६, ०७ : २१
मङ्गलबार, ०८ पुस २०७६

विमान निर्माता कम्पनी बोइंगले सोमबार आफ्नो मुख्य कार्यकारी अधिकारी (सिइओ) डेनिस मिलेनबर्गको सेवा समाप्त गरेको छ । बोइंगका अनुसार यसवर्ष अक्टोबरबाट अध्यक्षको भूमिका निभाइरहेका डेविल केल्हनले मिलेनबर्गको स्थान ओगट्ने छन् । अहिलेका लागि अन्तरिम सिइओको जिम्मेवारी कम्पनीका चीफ फाइनेन्सियल अफिसर ग्रेग स्मिथले सम्हाल्नेछन् ।

गत वर्ष अक्टोबरदेखि यो वर्ष मार्चमा दुईवटा बोइंग म्याक्स विमान दुर्घटनाग्रस्त भएपछि नै मिलेनबर्गलाई हटाइएको स्रोतमा उल्लेख छ ।

स्रोतका अनुसार दुर्घटनापछि कम्पनी दबाबमा थियो । उक्त दुर्घटनाका लागि अमेरिकाको फेडरल एभिएशन एजेन्सी (एफएए) ले डिसेम्बर १२ मा बोइंगको अत्यधिक आलोचना गरेको थियो । बैठकमा एभिएसन अधिकारी र दुर्घटनामा मारिएकाहरुको परिवारले मिलेनबर्गको राजीनामाको माग गरेका थिए ।

फेडरल एभिएसन एजेन्सीमाथि सिस्टम नबुझेको आरोप लाग्योः

फेडरल एभिएसन एजेन्सीमाथि बोइंग–७३७ म्याक्स विमानको प्राविधिक त्रुटीलाई नजरअन्दाज गरेको आरोप लागेको थियो । रिपोर्टका अनुसार एजेन्सीका इन्जिनियरले बोइंगको अटोमेटिक सिस्टमलाई पूर्ण रुपमा बुझेनन् । जसका कारण विमान दुर्घटनाग्रस्त भयो, जसका कारण ३ सय ४६ यात्रीको ज्यान गयो । बोइंग कर्मचारीका अनुसार म्याक्सको व्यवसायिक उडानलाई अनुमती दिन रेगुलेटरी प्रक्रियाको पालनसमेत गरिएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप