अमेरिकाः विमान कम्पनी बोइंगले सिइओलाई निकाल्यो, त्रुटिलाई नजरअन्दाज गरेको आरोप
विमान निर्माता कम्पनी बोइंगले सोमबार आफ्नो मुख्य कार्यकारी अधिकारी (सिइओ) डेनिस मिलेनबर्गको सेवा समाप्त गरेको छ । बोइंगका अनुसार यसवर्ष अक्टोबरबाट अध्यक्षको भूमिका निभाइरहेका डेविल केल्हनले मिलेनबर्गको स्थान ओगट्ने छन् । अहिलेका लागि अन्तरिम सिइओको जिम्मेवारी कम्पनीका चीफ फाइनेन्सियल अफिसर ग्रेग स्मिथले सम्हाल्नेछन् ।
गत वर्ष अक्टोबरदेखि यो वर्ष मार्चमा दुईवटा बोइंग म्याक्स विमान दुर्घटनाग्रस्त भएपछि नै मिलेनबर्गलाई हटाइएको स्रोतमा उल्लेख छ ।
स्रोतका अनुसार दुर्घटनापछि कम्पनी दबाबमा थियो । उक्त दुर्घटनाका लागि अमेरिकाको फेडरल एभिएशन एजेन्सी (एफएए) ले डिसेम्बर १२ मा बोइंगको अत्यधिक आलोचना गरेको थियो । बैठकमा एभिएसन अधिकारी र दुर्घटनामा मारिएकाहरुको परिवारले मिलेनबर्गको राजीनामाको माग गरेका थिए ।
फेडरल एभिएसन एजेन्सीमाथि सिस्टम नबुझेको आरोप लाग्योः
फेडरल एभिएसन एजेन्सीमाथि बोइंग–७३७ म्याक्स विमानको प्राविधिक त्रुटीलाई नजरअन्दाज गरेको आरोप लागेको थियो । रिपोर्टका अनुसार एजेन्सीका इन्जिनियरले बोइंगको अटोमेटिक सिस्टमलाई पूर्ण रुपमा बुझेनन् । जसका कारण विमान दुर्घटनाग्रस्त भयो, जसका कारण ३ सय ४६ यात्रीको ज्यान गयो । बोइंग कर्मचारीका अनुसार म्याक्सको व्यवसायिक उडानलाई अनुमती दिन रेगुलेटरी प्रक्रियाको पालनसमेत गरिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण