उपेन्द्र यादवले दिए मन्त्री पदबाट राजीनामा
काठमाडौँ । उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । मन्त्री यादव २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
केही दिनअघिदेखि समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने तयारी गरेको थियो । संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको सो पार्टीले त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिनुपरेको बताउँदै आएको छ ।
मन्त्री यादवले राजीनामा दिनुअघि सो पार्टीले मंगबालर नै संसदीय दलको बैठक बोलाइएको थियो । स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवा भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए । उनको प्रस्तावको पहिलो बैठकमै प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएको थियो ।
मन्त्री यादवले संविधान संशोधान प्रस्ताव सिधै मन्त्रिपरिषद्मा लगेका थिए । तर बैठकमा प्रस्तुत नहुँदै प्रधानमन्त्री ओलीले उक्त प्रस्तावलाई अस्वीकार गरिदिएपछि विवाद भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण