विदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय, भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ
काठमाडौं : वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ ।
सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् ।
सरकारले म्यानपावरको एजेन्ट खारेजी, शून्य लागत र वित्तीय कारोबारमा औपचारिक माध्यम अनिवार्य गरेपछि केही व्यवसायी जसरी पनि श्रमिकसँग लाखौं असुल्ने दाउमा लागेको पाइएको छ ।
गुल्मी रेसुंगाका अनिल बिक, सन्दीप बिक, दीपकबहादुर सुनार र बराह नपा सुनसरीका सन्तोष विष्टसँग मलेसियाको साउदी अवरको प्लाष्टिक कम्पनीमा रोजगारीमा जान महाराजगञ्ज काठमाडौंस्थित लाइभ न्टरनेसनल ओभरसिजले चार लाख ५० हजारभन्दा बढी असुलेको पाइएको छ । यो समाचार आजको कारोबारमा गोपाल संग्रौलाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण