मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय,  भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ

बुधबार, ०९ पुस २०७६, ०६ : २३
बुधबार, ०९ पुस २०७६

काठमाडौं : वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ । 

सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् । 

सरकारले म्यानपावरको एजेन्ट खारेजी, शून्य लागत र वित्तीय कारोबारमा औपचारिक माध्यम अनिवार्य गरेपछि केही व्यवसायी जसरी पनि श्रमिकसँग लाखौं असुल्ने दाउमा लागेको पाइएको छ । 

गुल्मी रेसुंगाका अनिल बिक, सन्दीप बिक, दीपकबहादुर सुनार र बराह नपा सुनसरीका सन्तोष विष्टसँग मलेसियाको साउदी अवरको प्लाष्टिक कम्पनीमा रोजगारीमा जान महाराजगञ्ज काठमाडौंस्थित लाइभ न्टरनेसनल ओभरसिजले चार लाख ५० हजारभन्दा बढी असुलेको पाइएको छ । यो समाचार आजको कारोबारमा गोपाल संग्रौलाले लेखेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप