श्रीदेवीसँग काम नगरेकोमा खुसी छन् करण जोहर, बताए यस्तो कारण
बलिउड फिल्म निर्माता करण जोहरले आफू बलिउड नायिका श्रीदेवीको निकै ठूलो प्रशंसक र उनको फिल्म असाध्यै मनपर्ने बताइसकेका छन् । करणले हालै श्रीदेवीमा आधारित एउटा किताब पनि सार्वजनिक गरेका छन् । एक कार्यक्रममा श्रीदेवीबारे बोल्दै करण जोहरले भने, ‘मलाई खुसी छ कि मैले कहिले पनि श्रीदेवीलाई निर्देशन गरिनँ ।’
उनले थपे, ‘मलाई लाग्दैन कि म श्रीदेवीका लागि राम्रो निर्देशक बन्न सक्छु किनभने म उनको निकै ठूलो प्रशंसक हुँ । कतै न कतै एक फिल्म निर्मातालाई आफ्नो काम बारे ठूलो उद्देश्य राख्नुपर्छ । यदि तपाईं कसैको प्रशंसक हुनुहुन्छ भने तपाईं निष्पक्ष हुन सक्नुहुन्नँ । मलाई लाग्छ कि मैले निष्पक्षता गुमाएको छु । त्यसकारण मलाई खुसी छ कि मैले कहिले पनि श्रीदेवीलाई निर्देशन गरिनँ र यदि यस्तो गरेको भए म फेल हुन्थे र श्रीदेवी असफलता डिजर्भ गर्दिनन् ।’
करण जोहरका लागि के थिइन् श्रीदेवी ?
करण जोहरले बलिउडकी दिवंगत सुपरस्टार श्रीदेवीको वर्णन दुनियाँकी उत्कृष्ट मिमिको रुपमा गरेका छन् । करणले भने, ‘श्रीदेवी एक यस्ती अभिनेत्री थिइन् जसले कुनै पनि कुराको अवलोकन निकै गहिरो तरिकाले गर्थिन् । उनीसँग अरुको शारीरिक हाउभाउको अवलोकन निकै गहिराइमा गर्ने क्षमता थियो । उनी संसारको सर्वश्रेष्ठ मिमिक थिइन् । उनी कुनै पनि कुराको नक्कल उतार्न सक्थिन् ।’
करणले थपे, ‘उनी ८० र ९० दशककी एक यस्ती अभिनेत्री थिइन् जसले हेरेर बुझेर नै आफ्नो कामलाई उत्कृष्ट तरिकाले पूरा गरिन् ।’c
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चालनमा आयो नेपालगन्ज एकीकृत जाँच चौकी, २ ट्रक प्लाइउड भारत निर्यात
-
म्याडोनाको फ्रि कन्सर्टमा १६ लाखभन्दा बढी दर्शक
-
मनीषा भन्दा अगाडि रेखालाई अफर भएको थियो ‘हीरामन्ड’मा मल्लिका जानको भूमिका
-
मेडिकल शिक्षामा दिइने छात्रवृत्तिबारे अध्ययन गर्न कार्यदल गठन गरिने
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यस्ता छन् शिक्षा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिका निर्णय