एसियाकै धनी मुकेश अम्बानीले यस वर्ष सम्पत्तिमा १८ खर्ब रुपैयाँ थपे
बुधबार, ०९ पुस २०७६, ०७ : ३२
रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी (६२) को सम्पत्तिमा जनवरी १ देखि डिसेम्बर २३ सम्म १६.५ अर्ब डलर ( करिब १८ खर्ब रुपैयाँ) को वृद्धि भएको छ । एशियाका धनी व्यक्तिमध्ये अम्बानीको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि भएको हो । रिलायन्स इन्टष्ट्रिजको शेयमा यस वर्ष ४० प्रतिशत वृद्धि भएपछि उनलाई फाइदा भएको हो । अम्बानीसँग रिलायन्सको ४७ प्रतिशतभन्दा बढी शेयर छ ।
ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार अम्बानीको अहिलेको सम्पत्ति ६०.८ बिलियन डलर (करिब ६९ खर्ब रुपैयाँ) छ । चीनको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी अलबाबाका संस्थापक अध्यक्ष ज्याक माको सम्पत्तिमा यो वर्ष ११.३ बिलियन डलरको वृद्धि भएको छ । यससँगै उनको सम्पत्ति ४७ बिलियन डलर पुगेको छ ।
मुकेश अम्बानी गत वर्ष ज्याक मालाई उछिन्दै एशियाको सबैभन्दा धनी व्यक्ति बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्सिङ संघको कार्यक्रममा देखिएनन् स्वास्थ्यमन्त्री
-
इन्डोनेसियामा आएको बाढीमा परी १५ जनाको मृत्यु
-
विकल पौडेलविरुद्ध ४० करोड बिगो दाबी गर्दै तेस्रो मुद्दा दायर
-
बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
-
त्रिविको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति बन्दै छ : मन्त्री श्रेष्ठ
-
कांग्रेसले ‘आत्महत्या’ गर्छु भनेपनि समिति गठन हुँदैन : एमाले