एसियाकै धनी मुकेश अम्बानीले यस वर्ष सम्पत्तिमा १८ खर्ब रुपैयाँ थपे
बुधबार, ०९ पुस २०७६, ०७ : ३२
रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी (६२) को सम्पत्तिमा जनवरी १ देखि डिसेम्बर २३ सम्म १६.५ अर्ब डलर ( करिब १८ खर्ब रुपैयाँ) को वृद्धि भएको छ । एशियाका धनी व्यक्तिमध्ये अम्बानीको सम्पत्तिमा सबैभन्दा धेरै वृद्धि भएको हो । रिलायन्स इन्टष्ट्रिजको शेयमा यस वर्ष ४० प्रतिशत वृद्धि भएपछि उनलाई फाइदा भएको हो । अम्बानीसँग रिलायन्सको ४७ प्रतिशतभन्दा बढी शेयर छ ।
ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार अम्बानीको अहिलेको सम्पत्ति ६०.८ बिलियन डलर (करिब ६९ खर्ब रुपैयाँ) छ । चीनको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी अलबाबाका संस्थापक अध्यक्ष ज्याक माको सम्पत्तिमा यो वर्ष ११.३ बिलियन डलरको वृद्धि भएको छ । यससँगै उनको सम्पत्ति ४७ बिलियन डलर पुगेको छ ।
मुकेश अम्बानी गत वर्ष ज्याक मालाई उछिन्दै एशियाको सबैभन्दा धनी व्यक्ति बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण