९० वर्ष पुरानो रुखको बोक्रा ताछ्दा ८८ लाख रुपैयाँ जरिवाना
लण्डनको एस्सेक्समा बस्ने एक व्यक्तिलाई रुखमाथि हानी पुर्याएको आरोपमा ६० हजार पाउन्ड अर्थात् ८८ लाख रुपैयाँ जरिवाना तोकिएको छ । वास्तवमा स्टिफन लरेन्सले सुरुमा रुख हटाउनका लागि स्थानीय प्रशासनलाई दुईवटा निवेदन लेखेका थिए, जुन खारेज भएका थिए । त्यसपछि लरेन्सले रुखको बोक्रा ताछे र त्यसमा दुईवटा प्वाल पारिदिए । यसो गरेर उनले रुख चाँडै नै सुक्ने र त्यो हटाउन सजिलो हुने अनुमान गरेका थिए ।
यसबारे उजुरी पाएपछि काउन्सिलले लरेन्सले रुखलाई अत्यधिक क्षती पर्याएको स्विकार गर्यो । अधिकारीले लरेन्सको गल्तीका कारण उनलाई डिसेम्बर १२ मा स्थानीय अदालतमा पेश गरे । जहाँ उनले रुखलाई जानीजानी क्षती पुर्याएको कुरा स्विकारे । त्यसपछि अदालतले पहिलो आदेशमा लरेन्समाथि करिब ९० हजार पाउन्ड जरिवाना तोक्यो । यद्यपि, पछि लरेन्सद्वारा याचिका दायर गरेपछि जरिवानाको रकमलाई ६० हजार पाउन्ड गरिदियो ।
सस्टेनेबल कम्युनिटीज क्याबिनेटका सदस्य एवं काउन्सिलर माइक मेक्रोरीका अनुसार जरिवाना रकम रुखको उमेर र त्यसको मूल्यलाई ध्यानमा राखेर तोकिएको थियो । उनले भने, ‘रुख निकै पुरानो हो । स्थानीय बालबालिका सधैं यो रुख मुनि खेल्छन् । यसले कार्बनलाई सोस्छ र त्यहाँको पर्यावरणका लागि यसको उपयोगिता अझै पनि धैरै छ ।’
काउन्सिलका अधिकारीले भने, ‘लरेन्सको सेकेन्ड ग्रेडको सम्पत्तिभन्दा उक्त रुखको उपयोगिता धेरै छ । सन् १९०८ मा घर बनेको करिब २० वर्षपछि उक्त रुखको बिरुवा रोपिएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण