क्रिसमसको दुई दिन अघि बैंक लुटे त्यसपछि पैसा हावामा उडाउँदै भने, ‘मेरी क्रिसमस’
दाह्री सेतै फुलेका एक व्यक्तिले क्रिसमसको दुई दिनअघि बैंक लुटे त्यसपछि हावामा पैसा उडाउँदै बटुवाहरुलाई निकै उत्साहित हुँदै ‘मेरी क्रिसमस’ भनेर शुभकामना दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पुलिसका अनुसार दाह्री सेतै फुलेका एक वृद्धले सोमबार खाजा खाने समयमा कोलोराडो स्प्रिङ्सस्थित एकेडेमी बैंकमा लुटपाट गरेका हुन् ।
‘उनले बैंक लुटे, बाहिर निस्किए र जताततै पैसा फ्याँके,’ प्रत्यक्षदर्शी डियोन प्यासकेलले कोलोराडोको इलेभेन न्यूजलाई भने ।
‘उनले ब्यागबाट पैसा निकालेर फ्याँक्न थाले र भने, ‘मेरी क्रिसमस’ ।’
प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति त्यसपछि नजिकैको स्टारबक कफी सपमा भौंतारिए, त्यसको अगाडि बसे र कसैले पक्राउ गरोस् भनेर कुरेर बसे ।
बटुवाले छरिएका सबै पैसा बटुलेर बैंकलाई फिर्ता दिएको बुझिएको छ ।
कोलोराडो स्प्रिङ्स पुलिसले ती व्यक्तिको नाम डेभिड वेने ओलिभर भएको बताउँदै उनी ६५ वर्ष पुगेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण