जनवरीदेखि लागू हुनेगरी श्रमिकको तलब बढाउँदै मलेसिया सरकार
बिहीबार, १० पुस २०७६, ०७ : ०२
मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ ।
मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ ।
मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब एक हजार २०० रिङ्गिट हुने भएको छ ।
तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् । मलेसियामा हाल श्रमिकको न्यूनतम तलब एक हजार १०० रिङ्गिट रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण