काठमाडौं उपत्यकाः रात्रि जीवन ब्युँताउन आग्रह
बिहीबार, १० पुस २०७६, ०७ : ३४

बेलुका ५ बजे नै काठमाडौं उपत्यकाको रात्रि जीवन सकिने भएकाले यसलाई बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस क्षेत्रका स्थानीय सरकार प्रमुखसँग आग्रह गरेका छन् ।
बुधबार भ्रमण वर्षको सन्दर्भमा उपत्यका र आसपासका महानगरसहित १९ वटा नगरपालिकाका मेयर र उपमेयरसँगको छलफलका क्रममा उनले राजधानीजस्तो ठाउँमा रात्रि जीवन हुनुपर्ने बताएका हुन् ।
नेपाल भित्रिने ९० प्रतिशत पर्यटक पहिले उपत्यकामै आउने भएकाले यहाँको अनुभव नै नेपालप्रतिको पहिलो अनुभव हुने भएकाले पर्यटक आकर्षित गर्ने किसिमका काम गर्न पनि उनले आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग
-
करणको दोस्ताना–२ बाट निकालिए कार्तिक
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द