सक्षम महिलालाई अघि बढाउनुपर्छ: नेता नेपाल
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाजका सक्षम महिलालाई अघि बढाउनुपर्ने बताएका छन् । ‘नेपालका मुस्लिम समुदाय’ नामक पुस्तक विमोचन तथा ‘पुनःजागरणमा महिला अन्दोलन’ नामक लघु चलचित्र सार्वजनिक गर्दै उनले समाजका हरेक योग्य महिलालाई अघि बढाउनुपर्नेमा जोड दिए ।
‘हरेक समुदायका महिला कुनै न कुनै हिसाबले र हाम्रो सामाजिक कारणले पछि परेका छन्, अब योग्य महिलालाई समाजले नै अघि बढाउनुपर्छ’, उनले भने, ‘सामाजिक कुरिति र विकृतिविरुद्ध सबै एक हुनुपर्छ ।’ सामाजिक जागरणको लागि सशक्त लेखनको आवश्यकता भएको बताउँदै नेता नेपालले महिला हिंसा, बलात्कार, जिउँदै जलाउनेलगायतका दुरव्यवहार मानव नभइ दानवले गर्ने गरेको टिप्पणी गरे ।
नेता नेपालले मुस्लिम समुदाय नामक पुस्तक लेखक एवं वृत्तचित्रका निर्देशक जैनव खातुनलाई आफ्नो समुदायभित्रको विकृति र विसङ्गतीविरुद्ध निरन्तर कलम चलाउन आग्रह गरे । विमोचित पुस्तकमा नेपालका मुस्लिम समुदायको अवस्था, कला संस्कृतिसहित राजनीतिक अवस्थाका बारेमा चर्चा गरिएको छ ।
आज सार्वजनिक गरिएको वृत्तचित्रमा अनेम सङ्घका केन्द्रीय सदस्य गजकुमारी गुरुङको राजनीतिक आन्दोलन र उनको जीवनी समेटिएको वृत्तचित्रका निर्देशक खातुनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण