महाभारतः अरुमा अत्यधिक निर्भर हुँदा कम हुन्छ आत्मविश्वास, यस्तो बानी त्याग्नुपर्छ
जो व्यक्ति हरेक सानोऽ–ठूलो कामका लागि अरुको मद्दतमा निर्भर हुन्छन्, उनीहरुको आत्मविश्वास कमजोर हुने गर्दछ । यस्ता व्यक्तिले कहिले पनि आफ्नो निर्णय लिन सक्दैनन् र समस्याको सामना गर्छन् । यस्तो बानीबाट बच्नुपर्छ । महाभारतमा दुर्योधन मामा शकुनीमाथि निर्भर थिए । शकुनीको गलत सल्लाहका कारण पूरा कौरव वंश नाश भयो ।
अरुको सल्लाहमा अत्यधिक निर्भर नहुनुहोस्ः
महाभारतमा दुर्योधन हरेक कामका लागि आफ्ना मामा शकुनीसँग सल्लाह लिन्थे । यसै कारण दुर्योधन स्वविवेकले निर्णय लिन सक्दैनथे । र उनी पूर्ण रुपमा मामा शकुनीको इशारामा हिँड्न थाले । शकुनीले दुर्योधनमार्फत् ती सबै काम गराए जुन उनी गर्न चाहन्थे । शकुनी भीष्म पितामहको वंशलाई समाप्त गर्न चाहन्थे र यसै कारण उनी हस्तीनापुर आएका थिए । भीष्म पितामहले शकुनीकी बहिनी गान्धारीको विवाह दृष्टिविहिन धृतराष्टसँग गराइदिए । शकुनी यसको बदला लिन चाहन्थे त्यसकारण उनी हस्तिनापुर आएका थिए ।
अरुको सल्लाहले मद्दत त पाइन्छ तर हरेक कामका लागि अरुको सल्लाह लिने हाम्रो बानीले हाम्रो आत्मविश्वासलाई क्रमशः कमजोर बनाइरहेको हुन्छ । हामी स–साना कामका लागि पनि अरुमा निर्भर हुन थाल्छौं जुन समस्याको कारण बन्ने गर्छ । अरुको सल्लाह लिने बानी बसेपछि जतिबेला कुनै काम गर्छौं मनमा शंका उब्जने गर्छ । शंकाका कारण सही ढंगले काम पूरा हुन सक्दैन र असफलता हात लाग्छ ।
राम्रो कामबाट पाइन्छ सुखः
गलत काम गर्ने व्यक्तिले केही समयका लागि सुख प्राप्त त गर्लान् तर उनीहरु सधैं सुखी हुन सक्दैनन् । दुर्योधनले छल गरेर गलत तरिकाले पाण्डवको सबै धन सम्पत्ति खोसे तर त्यो सम्पत्ति टिक्न सकेन । त्यसकारण आफ्नो सुखका लागि अरुलाई कुनै पनि अवस्थामा छल गर्नुहुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण