मलेसिया जान श्रम स्वीकृति लिने दोब्बर
आइतबार, १३ पुस २०७६, ०६ : ५१

कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् । २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ ।
भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएपकिछ कात्तिक र मंसिरमा ७ हजार २५ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याकंमा उल्लेख छ ।
विभागका महानिर्देशक भिष्मकुमार भुसालले मागपत्र प्रमाणिकरणमा आएको सुधारसँगै मलेसिया जान श्रम स्वीकृति लिने श्रमिकको संख्या बढ्दै गएको बताए । मलेसिया खुलेपछि कात्तिकमा २ हजार १ सय र मंसिरमा ४ हजार ९२२ युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन