नयाँ वर्षबारे ट्वीट गर्दा आलोचित भए अमिताभ बच्चनः अनुराग कश्यपले भने, ‘फरक १९–२० को होइन, फरक निकै ठूलो छ’
नागरिकता संशोधन बिलको विषयमा चुप बसेपछि आलोचित भएका अमिताभ बच्चन सोसल मिडियामा पुनः सक्रिय भएका छन् । हालै अमिताभले नयाँ वर्षको विषयमा ट्वीट गरेका छन् । उक्त ट्वीटमा उनले लेखे, ‘नयाँ वर्ष आउन अझै केही दिन बाँकी छ, धेरै चिन्तित हुनुपर्ने कुरा छैन । मात्र १९–२० को फरक त हो नि । ’
अमिताभको यो ट्वीटपछि फिल्म निर्माता अनुराग कश्यपले आफ्नो प्रतिक्रिया दिँदै उनीमाथि निशाना साँधेका छन् ।
T 3592 - नया साल आने में बस कुछ ही दिन बाक़ी हैं ; ज़्यादा परेशान होने की बात नहीं है , बस .... 19-20 ( उन्नीस बीस ) का ही फ़र्क़ है 🤣🤣
— Amitabh Bachchan (@SrBachchan) December 27, 2019
अनुरागले अभिताभलाई दिए जवाफः
अनुरागले यो ट्वीटको जवाफ दिँदै लेखे, ‘यसपटक फरक १९ –२० को मात्रै होइन, यसपटक फरक निकै ठूलो छ । अहिले तपाईं आफ्नो ध्यान स्वास्थ्यमा केन्द्रीत गर्नुहोस् । तपाईं ७० को दशकमा नै आफूले सक्दो गरिसक्नुभएको छ, त्यतिबेलादेखिको तपाईंभित्रको बच्चन हामीले आफूभित्र लिएर घुमिरहेका छौं ।
इस बार फ़र्क़ उन्नीस बीस का नहीं है सर, इस बार फ़र्क़ बहुत बड़ा है । फ़िलहाल आप कृपया अपनी सेहत का ख़याल रखें ।अपने हिस्से का आपने ७० के दशक में ही कर दिया था , तबसे अपने अंदर का बच्चन हम अपने अंदर ले के घूम रहें हैं । इस बार सामने गब्बर हो या LION या फिर शाकाल ....हम भी देखेंगे https://t.co/Iv0h3hPrJI
— Anurag Kashyap (@anuragkashyap72) December 27, 2019
अनुरागले यसअघि अक्षय कुमारमाथि पनि नागरिकता संसोधन विधेयकको विषयमा उनीमाथि कटाक्ष गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण