बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

न्यूयोर्कस्थित धर्मगुरुको घरभित्र अन्धाधुन्ध छुरी प्रहार, थुप्रै घाइते

आइतबार, १३ पुस २०७६, १० : ५८
आइतबार, १३ पुस २०७६

न्यूयोर्क स्टेटको सिनागग नजिकै रहेको एउटा घरभित्र अन्धाधुन्ध छुरी प्रहार हुँदा थुप्रै घाइते भएको बीबीसीले बताएको छ ।

न्यूयोर्क सिटीको उत्तरतर्फ मोन्सेस्थित यहुदीहरुका धर्मगुरुको घरभित्र हमला भएको अर्थोडक्स जिविस पब्लिक अफेयर्स काउन्सिलले बताएको छ ।

काउन्सिलका अनुसार कम्तीमा पाँचजनालाई अस्पताल पुर्याइएको छ ।

उक्त हमलाको कारण खुल्न सकेको छैन ।

काउन्सिलले ट्वीट गर्दै घाइतेमध्ये एकलाई कम्तीमा ६ पटक हमला गरिएको बताइएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप