प्रहरी धरपकडमा सीपी गजुरेलसहित को–को पक्राउ परे ? (नामावलीसहित)
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसहितका नेताहरु पक्राउ गरिएकोप्रति सो पार्टीले विरोध गरेको छ ।
पार्टीका महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सा लगायत राष्ट्रिय स्वाधीनताका विषयमा ज्ञापनपत्र दिन सिंहदरवारमा जाने क्रममा भाटभटेनी सुपरमार्केट क्षेत्रमा प्रहरीले हस्तक्षेप गरेको उल्लेख गरिएको छ ।
प्रहरी धरपकडका क्रममा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र महासचिव परि थापा पक्राउ परेको वैद्यको विज्ञप्तिमा उल्लेख छ । उनीहरु पार्टीको स्थायी समिति सदस्य समेत हुन् ।
यस्तै पार्टीका पोलिटब्यूरो सदस्यद्वय पवनमान श्रेष्ठ र सुरेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु दीपक शाही, हरिकृष्ण गजुरेल, फुर्नाम्गेल मोक्तान, वसन्त बोगटीसहित खगेन्द्र छन्त्याल, पद्म भण्डारी, सुन्दर श्रेष्ठ, मीन प्रसाद गिरी, नरेन्द्र कार्की, अमित योञ्जनलगायत पार्टी तथा मोर्चाका १५ जना भन्दा बढी नेता तथा कार्यकर्तालाई महेन्द्र पुलिस क्लवमा हिरासतमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।
लाठी चार्जका क्रममा पार्टीका पोलिटब्यूरो सदस्य दिनेश शर्मा तथा सुरेश श्रेष्ठ, केन्द्रीय सदस्य शारदा महत, महिला नेतृसुनीता बोगटी लगायत पार्टी र मोर्चाका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको पनि वैद्यले जनाएका छन् ।
क्रान्तिकारी माओवादीले गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको अविलम्ब रिहाइ र घाइते तुल्याइएका नेता तथा कार्यकर्ताहरुको उपचारका लागि सरकारसंग माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण