एमसीसीको विषयमा सरकार स्पस्ट छ, संसदबाट पास हुन्छः मन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन् । मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको सन २०१८÷१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले एमसीसीको विषयमा सरकार स्पस्ट भएकोले संसदबाट पास हुने बताएका हुन् ।
मन्त्री ज्ञवालीले सरकारले पार्टीको स्थायी कमिटीको बैठकमा कुरा उठेपनि पार्टीको निर्णय एमसीसीको पक्षमा हुने बताउँदै संसदबाट पास हुने जानकारी दिए । एमसीसी सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो । उनले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको संकेत गर्दै सन २०१७ को सेप्टेम्बरमा भएको सम्झौता अनुसार नै कार्यक्रमलाई अगाडि बढाइने बताए ।
उनले एमसीसी सम्बन्धमा कसले के भन्यो भन्दा पनि सम्झौतामा के के विषय छन भन्ने महत्वपूर्ण हुने बताए । उनले परियोजना छनौट गर्दा नै क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण गर्न सहयोग मागिएकाले भारतको स्वीकृति लिनुपरेको स्पस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण