डेढ महिनापछि बसेको प्रदेशसभा बैठक ४० मिनटमै अवरुद्ध
धनुषा । डेढ महिनापछि बसेको प्रदेश नम्बर २ को प्रदेशसभा बैठक सुरु हुनासाथ अवरुद्ध भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको तर्फबाट सन्तोषजनक जवाफ नआएको भन्दै संसद अवरुद्ध गरेको हो । भुक्तानी, जनता आवास, माननियहरुको संसदिय कोषको कार्यविधि, सःशर्त अनुदान लगायतका विषयमा सरकारको तर्फबाट सन्तोषजनक जवाफ नआएको भन्दै काँग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले संसद अवरुद्धको घोषणा गरेका हुन् ।
काँग्रेसले बैठक अवरुद्ध गर्दा सत्ता पक्षका सांसदले समेत समर्थन गरेका थिए । राष्ट्रिय जनता पार्टीका सांसद उपेन्द्र महतोले विपक्षीहरुले उठाएको सम्पूर्ण कुरा सहि रहेको बताउँदै प्रतिपक्षी काँग्रेसलाई समर्थन गर्दै अवरुद्ध गरेकोमा स्वागत गरे ।
उनले भने, ‘मुख्यमन्त्री लगायत अहिले मन्त्रिमण्डलमा रहेको सम्पूर्ण मन्त्री अज्ञानी हो या त अनुभवहीन हो या बदनियतपूर्वक पैसा दिई रहेको छैन यो स्वीकार गर्नुपर्छ ।’ त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद रामचन्द्र मण्डलले मुख्यमन्त्रीले प्रतिवद्धता मात्र जनाउने गरेको बताउँदै उनले बोली अनुसार व्यवहारमा कार्यान्वयन गर्न सुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण