शाहरुख खानका प्रशंसकको चेतावनीः नयाँ फिल्म घोषणा नगरे आत्महत्या गर्नेछु
बलिउडका किंग खान भनेर चिनिने शाहरुख खान आजकाल फिल्मबाट टाढा छन् तर उनका प्रशंसकबीच उनको चर्चा कहिले कम हुँदैन । उनका प्रशंसक अब उनको नयाँ फिल्म हेर्न आतुर छन् । स्मरण रहोस्, शाहरुख खानको सन् २०१८ मा ‘जिरो’ फिल्म रिलिज भएपछि नयाँ फिल्ममा उनले काम गरेका छैनन् । भारतीय मिडियाले शाहरुख खानको नयाँ फिल्मबारे विभिन्न अडकलबाजी त गर्छन् तर ती सबै निराधार भएको शाहरुख आफैंले पुष्टि गरेका छन् ।
ट्वीटरमा उनका एक प्रशंसकले शाहरुख खानले नयाँ फिल्मबारे घोषणा नगर्दा आत्महत्या गर्ने धम्कीसमेत दिएका छन् । उनले लेखेका छन्, ‘यदि तपाईंले आफ्नो अर्को फिल्मको घोषणा सन् २०२० सम्म नगरे म आत्महत्या गर्नेछु, दोहोराउँछु कि – म आत्महत्या गर्नेछु ।’
यस्तै अर्का एक प्रशंसकले लेखे, ‘म पनि प्रतिक्षा गरिरहेको छु । अब कहिलेसम्म प्रतिक्षा गर्ने सर ? यदि तपाईंले अर्को फिल्मको घोषणा गर्नुभएन भने म ट्वीटर छोड्नेछु ।’
#WeWantAnnouncementSRK
— Noor07 (@noorMoh20171993) December 30, 2019
I'm waiting aur kabtak wait karauge sir Twitter choddunaga agar announce nai kia toh @iamsrk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण