सीमा विवादका विषयमा छलफल गरौं भन्दा भारतले बेवास्ता गर्यो : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादमा छलफल गर्न नेपालले पठाएको मितिमा भारतले चासो नदिएपछि पुनः मिति तोकेर पत्र पठाएको बताएका छन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको मंगलबारको बैठकमा छलफलका लागि नयाँ मिति तोकेर दोस्रो पत्र पठाएको जानकारी दिएका हुन् । उनले भारतले दोस्रो पत्रको जवाफ पठाइ नसकेको समेत बताए ।
सीमा सम्बन्धी समस्या समाधान गर्न पहिलो पटक ठाउँ र मिति तोकेर मंसिर ६ गते पत्र पठाएकोमा भारतले पुष ३ गते समस्यालाई स्वीकार गर्दै नेपालले प्रस्ताव गरेको मिति अनुकूल नभएको जानकारीपत्र मार्फत गराएको उनले बताए । उनले फेरि अर्को मिति तोकेर पठाएको र दुवै देशका पदाधिकारीहरुको बैठक बस्ने मितिको पर्खाइमा सरकार रहेको बताए ।
उनले गत कात्तिक २९ गते बसेको नेपाल भारत संयुक्त आयोगको बैठकले नेपाल भारत सीमा निरीक्षण समिति गठन गरेको र त्यसले काम सुरु गरिसकेको समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण