मापदण्ड पूरा नगर्ने छ ग्यास उद्योगसँग स्पष्टीकरण माग
नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पूरा नगर्ने विभिन्न छ वटा ग्यास उद्योगसँग स्पष्टीकरण सोधेको छ । विभागले गरेको अनुगमनका क्रममा ती उद्योगले मापदण्ड पूरा नगरेको भेटेपछि स्पष्टीकरण सोधेको हो ।
सरकारको संयुक्त अनुगमनका क्रममा सिलिन्डरमा हाइड्रो स्ट्यालिक टेस्ट नगरिएको क्लिनिङ तथा ड्राइङ नभएको र ‘टियर वेट’ (खाली सिलिन्डरको) नलिएको भेटिएपछि ती उद्योगलाई स्पष्टीकरण सोधिएको जनाएको छ । विभागले स्पष्टीकरण सोधिएका ग्यास उद्योग एभरेस्ट, श्रीकृष्ण, साइबाबा, क्यावसन्स, भानु र त्रिवेणी रहेका छन् ।
विभागका अनुसार एभरेस्ट ग्यासमा लेदो भेटिएको भन्ने उजुरीका आधारमा अनुगमन गर्दा कैफियत भेटियो भने श्रीकृष्ण ग्यासमा नयाँ सिलिन्डरको हावा फाल्ने व्यवस्था र ‘टियर वेट’ लिने व्यवस्था नभएको भेटिएको छ ।
यस्तै साइबाबा ग्यास उद्योग चितवनमा पर्जिङको व्यवस्था नभएको, टेयर वेट लिने व्यवस्था नभएको र वाटर डिप टेस्ट (भरि सिलिन्डर डुबाउने) व्यवस्था नभएको विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण