मौसम : आज हिमपात र हल्का वर्षाको सम्भावना
बुधबार, १६ पुस २०७६, ०६ : ३६
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाले जारी गरेको सूचनाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का र मध्यम खालको हिमपात हुनेछ भने पहाड र तराईका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
नेपालमा यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेकाले देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ ।
यसैगरी, राति देशभर सामान्य बदली हुनेछ । रातको समयमा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात हुनसक्ने र तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण