जनजाति र दलित समुदायलाई कला संस्कृतिको नाममा दवाउने काम गरियोः सिके लाल
काठमाडौं । राजनीतिक विश्लेषक तथा लेखक सिके लालले दलित तथा जनजातिहरुले आफ्नो अधिकार स्थापित गर्न आन्दोलन गर्नुपर्ने बताएका छन् । राजधानीको सिद्धार्थ आर्ट अफ ग्यालरीमा कलाकार लवकान्त चौधरीले कोरेकोे चित्रकला प्रदर्शनीमा बोल्दै उनले समाजमा उपल्ला जाति भनिनेहरुले जनजाती र दलित समुदायलाई कला संस्कृतिको नाममा दवाउने गरेको आरोप लगाए ।
उनले भने, ‘समाजमा भएका विकृति र विसंगतिलाई कलाकारिताबाट मात्रै प्रस्तुत गर्नु हुँदैन’ उनले भने, ‘समाजमा भएको विविध परिघट्नालाई कलाकारितसगसँगै संगठित भएर राज्यलाई झक्झक्याउनुपर्छ ।’
राजनीतिकर्मी एवं बौद्धिक व्यक्तित्व आहुतिले ‘आर्थिक तथा राजनीतिक पहुँचमा पुगेका थारु समुदायका नेताहरुले थारु समुदायको समस्यालाई वेवास्ता गरेको बताउश्र उनका अनुसार, कला साहित्यमार्फत् थारु समुदायमा भएका समस्याहरुलाई प्रकाशमा ल्याउन आवश्यक भएको बताए । ‘पहाडमा जनजाति, दलित उपेक्षित भएझैं तराईमा थारु समुदाय पछाडि परेको’ उल्लेख गर्दै आहुतिले ‘थारु जातिमा महिलाहरु शैक्षिक तथा आर्थिक रुपमा पिछडिएको’ उनले बताए । ‘प्रदर्शनीमा राखिएका चित्रहरुले मधेको वर्तमान अवस्थालाई चित्रण गरेको’ उनको कथन थियो ।
त्यस्तै कार्यक्रममा थारु समुदायकी लेखिका इन्दु चौधरीले महिलालाई सजिने वस्तुको रुपमा समाजले लिने गरेको दाबी गरिन् । ‘थारुको कला संस्कृति प्रदर्शन गर्दा महिलालाई थारु पोसाक लगाएर प्रस्तुत गरिन्छ,’ उनी भन्छिन्, ‘कार्यक्रमहरुमा थारु महिलालाई ब्याज वितरण र खादा लगाइदिने काम मात्रै लगाइन्छ ।’
थारु महिला संस्कृतिका नाममा सजिएर बस्ने महिला मात्रै नभएर दश वर्षीय जनयुद्ध र मधेश आन्दोलनमा समेत सशक्त भूमिका निर्वाह गर्दै सहिद भएको समेत विर्सन नहुने उनले बताइन् । राजनीतिक क्षेत्रमा समेत सशक्त भूमिका निर्वाह गरेका महिला समेत जातिय विभेदमा परेको उनले दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण