मुकेश अम्बानीले अब अमेजनसँग प्रतिस्पर्धा गर्ने, जियो मार्टमार्फत् बेच्नेछन् सामान
मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज अब इ–कमर्सको क्षेत्रमा उत्रिएको छ जहाँ उनले अमेजन र फ्लिपकार्टजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नेछन् ।
मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले जियोमार्ट नामबाट नयाँ सेवा सुरु गरेको छ जसले घरमा चहिने अत्यावश्यक सामानको डेलिभरी गर्नेछ ।
यो सेवा रिलायन्स इन्डष्ट्रिजका दुई सहयोगी कम्पनी रिलायन्स रिटेल र रिलायन्स जियोले संयुक्त रुपमा चलाउनेछ ।
कम्पनीको लक्ष्य आफ्नो मोबाइल फोन ग्राहकलाई यो सेवासँग जोड्नु हो जसको संख्या निकै ठूलो छ ।
रिलायन्स जियो भारतको दोस्रो सबैभन्दा ठूलो टेलिकम कम्पनी हो जसको ग्राहकको संख्या ३६ करोडभन्दा पनि बढी छ ।
कम्पनीले आफ्ना ग्राहकलाई यो सेवाका लागि साइन–अप गर्न आमन्त्रित गरिरहेको छ ।
जियोमार्टले आफूसँग लगभग ५० हजार सामान भएको र ती सामान आफ्ना ग्राहकलाई ‘निःशुल्क र द्रुत गतीमा’ डेलिभरी गर्ने बताएको छ ।
यसका लागि उसले आफ्नो प्रतिस्पर्धीभन्दा अलग व्यवस्था गरेको छ । रिलायन्सले आफैंले सामान डेलिभरी गर्नुको साटो ग्राहकलाई एक एपमार्फत् लोकल स्टोर्ससँग जोड्नेछ र ती स्टोरले सामान ग्राहकसम्म पुर्याइदिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण