धनुषा बम बिष्फोटका योजनाकार मानिएका विप्लव नेतृत्वको नेकपाका नेता पक्राउ
जनकपुर । धनुषाको महेन्द्रनगरमा बम बिष्फोटको करिब ३ सातापछि घटनाको योजनाकारको आरोपमा विप्लव नेतृत्वका एक जना नेता पक्राउ परेका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको थियो । सो बम विष्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित ३ जनाको मृत्यु भएको थियो ।
घटनापछि मुख्य योजनाकार मानिएका नेकपाका नेता आदम राइनलाई प्रहरीले उनलाई मोस्ट वान्टेडको सूचीमा राखेको थियो ।
महेन्द्रनगरमा सो बम विष्फोटनका घटना भए लगत्तै फरार रहेका आदम राइनलाई धनुषा प्रहरीले घटना घटेको करिब २२ दिनपछि पक्राउ गर्न सफल भएको छ ।

अभियुक्त राइन विप्लव नेतृत्व नेकपाको केन्द्रीय सदस्यसमेत रहेको प्रहरीले बताए ।
राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको स्रोतले जनाएको छ । गत मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित ९ जनाको पहिचान भइसकेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताएका छन् । तर अभियुक्त आदम पक्राउ बारे केहि बोलेन चाहेनन् ।
राइन पक्राउ परेको धनुषा प्रहरीले आधिकारिक जानकारी नदिए पनि स्रोत अनुसार अभियुक्त आदमलाई पक्राउ गर्न सफल भएको स्रोतको दाबी छ । प्राप्त जानकारी अनुसार आदमलाई प्रहरीले पुस १६ गते नै राति पक्राउ गरेको बुझिएको छ ।
बम विष्फोटमा परेर घरमुलि राजेश साह र आनन्द साह र प्रहरी निरीक्षक दाहाल समेतको ज्यान गएको थियो भने २ जना घाइतेको उपचार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

