धनुषा बम बिष्फोटका योजनाकार मानिएका विप्लव नेतृत्वको नेकपाका नेता पक्राउ

जनकपुर । धनुषाको महेन्द्रनगरमा बम बिष्फोटको करिब ३ सातापछि घटनाको योजनाकारको आरोपमा विप्लव नेतृत्वका एक जना नेता पक्राउ परेका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको थियो । सो बम विष्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित ३ जनाको मृत्यु भएको थियो ।
घटनापछि मुख्य योजनाकार मानिएका नेकपाका नेता आदम राइनलाई प्रहरीले उनलाई मोस्ट वान्टेडको सूचीमा राखेको थियो ।
महेन्द्रनगरमा सो बम विष्फोटनका घटना भए लगत्तै फरार रहेका आदम राइनलाई धनुषा प्रहरीले घटना घटेको करिब २२ दिनपछि पक्राउ गर्न सफल भएको छ ।
अभियुक्त राइन विप्लव नेतृत्व नेकपाको केन्द्रीय सदस्यसमेत रहेको प्रहरीले बताए ।
राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको स्रोतले जनाएको छ । गत मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित ९ जनाको पहिचान भइसकेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताएका छन् । तर अभियुक्त आदम पक्राउ बारे केहि बोलेन चाहेनन् ।
राइन पक्राउ परेको धनुषा प्रहरीले आधिकारिक जानकारी नदिए पनि स्रोत अनुसार अभियुक्त आदमलाई पक्राउ गर्न सफल भएको स्रोतको दाबी छ । प्राप्त जानकारी अनुसार आदमलाई प्रहरीले पुस १६ गते नै राति पक्राउ गरेको बुझिएको छ ।
बम विष्फोटमा परेर घरमुलि राजेश साह र आनन्द साह र प्रहरी निरीक्षक दाहाल समेतको ज्यान गएको थियो भने २ जना घाइतेको उपचार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची