दिमागलाई तन्दुरुस्त राख्न परिवर्तन गर्नुपर्ने बानीहरु
बानी व्यवहार र जीवनशैलीले मस्तिष्कको स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ । हरेक दिन गर्ने विभिन्न क्रियाकलापहरु जस्तै दैनिक खाने खाना, व्यायाम, निन्द्रा आदिले प्रत्यक्ष रुपमा दिमागमा असर पारिरहेका हुन्छन् । अस्वस्थ्यकर बानीव्यवहारले अल्जाइमर, पार्किङ्सन्स जस्ता खतरनाक रोगहरु लाग्न सक्छन् । त्यसैले जीवनशैली र दैनिक जीवनयापनमा गर्ने विभिन्न क्रियाकलापमा परिवर्तन नगरि मस्तिष्कलाई स्वस्थ राख्न सकिदैन ।
त्यसैले केही यस्ता बानीहरु छन् जसलाई समयमै परिवर्तन गरेन भने तपाईंको मस्तिष्कमा ठूलो असर पुग्न सक्छ ।
ती बानीहरुः
पैदल हिँड्ने
जामा नेटवर्कले गरेको एक अनुसन्धानले ३० वर्ष कटेका मानिसहरुलाई दैनिक दश हजार पाइला हिँड्नुपर्ने देखाएको छ । जसले मस्तिष्कका कोशिकाहरु र रक्त नलीहरुको विकासमा सहयोग गर्ने अनुसन्धानमा उल्लेख गरिएको छ ।
सागपात
ल्यूटिन, करम र पालकको सागले मस्तिष्कलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । यी सागहरुमा हुने पोषक तत्वले मस्तिष्कमा हुने खैरो पदार्थलाई सक्रिय गराउँछ । जसले स्मरणशक्ति बढाउँछ ।
रक्तचाप
रक्तचाप सधैँ सन्तुलनमा राख्नुपर्छ । उच्च रक्तचापले हृदयघात मात्रै होइन ‘ब्रेन स्ट्रोक’ पनि गराउँछ । त्यसैले रक्तचापको नियमित रुपमा चेकजाँच गर्ने र सधैँ सन्तुलनमा राख्ने गर्नुपर्छ ।
निन्द्रा
निन्द्रा स्वास्थ्यको लागि महत्त्वपूर्ण कुरा हो । त्यसैले मस्तिष्कलाई स्वस्थ्य राख्नको लागि दिनमा ७ घण्टा निदाउनु जरुरी छ । भरपुर निन्द्राले मानिसलाई फेरि सक्रिय गराउँछ र स्मरण शक्ति बढाउँछ । यसले मस्तिष्कमा हुने विभिन्न प्रक्रियालाई समेत सक्रिय बनाइराख्छ । निन्द्रा पुरा नभएमा भिटा–एमिलाइडको निर्माण हुन्छ र अल्जाइमर जस्ता रोगको शिकार भइन्छ ।
जङ्क फुड
यस्ता खाद्यपदार्थ खानबाट सधैँ बच्नुपर्छ । अस्वस्थकर खानेकुराको बानी लाग्यो भने यसले मस्तिष्कको कोशिकाहरुलाई नष्ट गराइदिन्छ । जङ्क फुडले मस्तिष्कमा ग्लियान कोशिकाहरुलाई सक्रिय गराउँछ । जसले दिमागका विभिन्न भागमा थोरै थोरै सुन्निने समस्या पैदा गर्न थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण