आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ संविधान बनेको कतिपयलाई मन परेको छैनः प्रचण्ड

शनिबार, १९ पुस २०७६, १४ : ०५
शनिबार, १९ पुस २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको कतिपयलाई मन नपरेको बताएका छन् । 

 ‘‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रम गयौँ । संविधान बनायौँ, तीन तहको निर्वाचन ग¥यौँ । सबै संरचना नयाँ छ । यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छै् । हिजो एकथरी राज गरेकाहरुलाई यो मन पर्दैन । उनीहरु कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिदा त मन पर्दैन नि ।’’ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने । 

प्रचण्डले देशमा बनेको नयाँ परिस्थितिमा जनताहरु अभ्यस्त हुन अझ केही समय लाग्ने पनि बताए । नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उनको भनाई छ ।

 ‘‘देशमा नयाँ परिस्थिति बनेको छ । नयाँ परिस्थिती भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन । पुरानो संरचनामा बानी परेका हामी नयाँ संरचनाले फाइदा गर्ने हो की घाटा गर्ने हो भन्या जस्तो’’, उनले भने, ‘‘जस्तो हिँडिरहेको बाटो सजिलै हिँड्न सकिन्छ । नहिँडेको बाटो हिड्नुप¥यो भने अफ्ठ्यारोजस्ता महशुस पनि हुन्छ ।’’

एक फरक प्रशंगमा अध्यक्ष प्रचण्डले वुद्ध नेपालमा जन्मेका हुन् भन्ने आँट हिजोका राजा महाराजाहरुले गर्न नसकेको बताए । बुद्ध भारतमा जन्मेका हुन भनेर युरोपका देशहरुले आफ्नो पाठ्यक्रमहरुमा लेखेको भएपनि अहिले अभियान नै चलाएर बदल्ने काम सुरु भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप