कार दुर्घटनामा हड्डी धुलो भएपछि एक इन्जिनियर महिलाले शरीरलाई नै कम्प्युटरमा रुपान्तरण गरिन्
एजेन्सी । अमेरिकाकी एक महिला इन्जिनियरले कार दुर्घटनापछि आफ्नो शारीरमा पुगेको क्षतिबाट दैनिक काममा अवरोध आउन दिइनन् । उनले दुर्घटनापछि आफूलाई हिँडडूल गर्ने कम्प्युटरमा रुपान्तरण गरिन्, जसको फलस्वरुप उनी अहिले आफ्ना हरेक काम आफै गर्छिन् ।
अमेरिकामा बस्ने ३१ वर्षकी इन्जिनियर विन्टर मेराजको कार दुर्घटनापछि घुँडाको हड्डी धुलोपिठो भएको थियो ।
तथापि उनले दुर्घटनापछि हार मानिनन् र आफूलाई अलग अलग प्रत्यारोपणमार्फत दैनिक कामको लायक बनाइन् ।
लिभरपुल क्षेत्रमा बसोबास गर्ने विन्टरले प्रत्यारोपण मार्फत आफ्नो शरीरमा माइक्रोचिप्स लगाएर यसको योग्य बनाएकी हुन् ।
अहिले माइक्रोचिप्सको सहयोगले विन्टर इमेल पठाउँछिन् र घरको ढोका पनि खोल्छिन् । यति मात्र होइन उनले आफ्नो हातमा एलईडी लाइट्स र औलामा चुम्बक लगाएकी छन् जसको सहयोगले उनी घरको कार्यालयमा आफ्नो काम गर्छिन् ।
संचारमाध्यमसँग कुरा गर्ने क्रममा प्रत्यारोपणबारे बोल्दै विन्टरले अपरेशनबाट आफूले मानसिक ‘अवरोध’लाई तोड्न सकेको बताइन् । यसको सहयोगले उनले आफैलाई थप अगाडि बढाउने काम गरिन् ।
‘ मैले कसैमाथि भर नपरी मेरो समस्याबाट छुटकारा पाउने उपाय निकालेको हुँ ,’ विन्टरले भनिन् ।
विन्टरले हातमा लगाएको माइक्रोचिपमार्फत ढोका खोल्न सकिने, उनको व्यवसायसम्बद्ध हरेक जानकारी पनि आदानप्रदान गर्न सक्ने बताइन् । स्मार्टफोनमार्फत उनी आफ्नो अत्यावश्यक जानकारी अरुलाई दिन सक्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण