काँग्रेसले छान्यो राष्ट्रियसभाका १६ जना उम्मेदवार (नामावलीसहित)
काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ उम्मेदवारको नाम टुङ्गो लगाएको छ। शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । तर, उक्त बैठकमा संस्थापन इतरका पदाधिकारीहरुको उपस्थिति थिएन ।
काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्वाचित हुने सम्भावना कम छ । तर, काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको देखिन्छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।
आगामी माघ ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको हो।
यस्तै काँग्रेस र समाजवादीबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा निर्वाचनको ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । संविधानको धारा, ८६ ९३० बमोजिम प्रत्येक दुई वर्षमा राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ ।
स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य छन् । जसमा सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुँदैछ ।
राष्ट्रियसभा उम्मेदवारहरु
प्रदेश १ मा
निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
मिना पुलामी मगर (सुनसरी) महिला
राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश २ मा
नगिना यादव (महोत्तरी) महिला
भोला पन्जियार (धनुषा) अल्पसंख्यकरअपाङ्गता
प्रदेश ३
हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
गण्डकी प्रदेशमा
सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
विमला गौचन (म्याग्दी) महिला
प्रदेश ५ मा
बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
गिरिजा न्यौपाने (दाङ) महिला
मेराज हलवाई (बाँके) अल्पसंख्यकरअपाङ्गता
कर्णाली प्रदेश
डिल्लीराम पाठक (सुर्खेत) अन्य
सावित्री पौडेल (सुर्खेत) महिला
सुदूरपश्चिम प्रदेशमा
प्रताप ठगुन्ना (बैतडी) अन्य
तुलसी देवकोटा (कैलाली) महिला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


