अनेरास्ववियुको एकता अस्वीकार्य हुने असन्तुष्ट समूहको चेतावनी
काठमाडौँ । सत्तारुढ दल नेकपा निकट भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुको एकता अन्यायपूर्ण भएको भन्दै सच्याउन माग गरिएको छ ।
पुस १८ गते दुई विद्यार्थी संगठनबीच एकता टुङ्ग्याउँदै ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो ।
नयाँ केन्द्रीय समितिप्रति असहमति जनाउँदै उपाध्यक्ष पञ्चा सिंह, दिपक देवकोटा, रविकिरण यादव लगायतले असन्तुष्टि जनाउँदै निर्णय सच्याउन माग गरेको हो । असन्तुष्ट समूहले पुस १९ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अन्यायपूर्ण एकता अस्वीकार्य हुने चेतावनी दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।
संगठनमा विधि, पद्धति, क्रियाशीलता र क्षमतावानलाई पूर्वाग्रही ढंगले पाखा लगाउँदै गरिएको एकता आफूहरूलाई अस्वीकार्य हुने असन्तुष्ट समूहले प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि विद्यार्थी संगठनपनि एक भएपनि केन्द्रीय समिति विस्तार भएको थिएन ।
लामो समयपछि गत शुक्रबार अनेरास्ववियूले एकता टुंग्याएको थियो ।
एकताका क्रममा एमाले समर्थित विद्यार्थीबाट एक सय ८० र माओवादी समर्थितबाट एक सय ५५ जना केन्द्रीय कमिटीमा परेका छन् ।
त्यस्तै केन्द्रीय कमिटी सचिवालय एक सय ११ सदस्यीय बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण