शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आणविक सम्झौता अन्तर्गतका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा

सोमबार, २१ पुस २०७६, ०९ : ०३
सोमबार, २१ पुस २०७६

इरानले सन् २०१५ आणविक सम्झौता अन्तर्गतका कुनै पनि प्रतिबन्धलाई पालना नगर्ने घोषणा गरेको छ । 

एक वक्तव्य जारी गरेर इरानले अब उसले परमाणु प्रशोधनको क्षमता, स्तर, भण्डारणका साथ–साथै अनुसन्धान तथा विकासमा कुनै पनि प्रतिबन्ध पालना नगर्ने बताएका छन् । 

इरानको घोषणा तेहरानमा बसेको इरानी मन्त्रिमण्डलको वैठकपछि आएको हो । 

केही दिन अघि बग्दादमा एक अमेरिकी हवाई आक्रमणमा इरानी जनरल कासिम सुलेमानी मारिएपछि दुई देशबीच तनाव बढेको स्थितिमा इरानको निर्णय आएको हो ।
 
उता सुलेमानी मारिएको इराकमा पनि स्थिति तनावपूर्ण छ । समाचार अनुसार आइतबार साँझ बंग्दादस्थित अमेरिकी दुतावासमा मिसाइल हानिएको थियो । आक्रमणबाट कुनै हताहतीको खबर भने आएको छैन । 

इराकी संसदमा अमेरिकी सेनाले इराक छाड्नु पर्ने प्रस्ताव पास

आइतबार सुलेमानीको शवलाई इरान लगियो । सुलेमानीको शव इरान पुग्दा लाखौं इरानी नागरिकले उनलाई नायकको पार्थिक शरिर घर ल्याएको जस्तो सम्मान दिए । 
 
उता इराकी संसदले आइतबार नै इराकबाट बसिरहेका विदेशी सुरक्षाबलले देश छाड्नुपर्ने एक गैर–बाध्यकारी प्रस्ताव पास गर्यो । बग्दाद विमानस्थलमा भएको सुलेमानीको हत्याको विरोधमा यो प्रस्ताव ल्याइएको हो । 

इस्लामिक स्टेट समूहविरुद्ध बनेको अन्तराष्ट्रिय गठबन्धन अन्तर्गत इराकमा ५ हजार अमेरिकी सैनिक छन् । 

आइतबारको मतदान अघि गठबन्धनले आईएसविरोधी अभियानलाई केही समय विराम लगाएको थियो । 

आणविक सम्झौतालाई लिएर इरानको नयाँ अडान के हो ?
 
सन् २०१५ को सम्झौता अनुरुप, इरान आफ्नो संवेदनशील परमाणु गतिविधिहरुलाई सिमित गर्नुका साथै अन्तराष्ट्रिय निरिक्षकलाई निगरानी गर्न दिन अनुमती दिएको थियो । बदलामा इरानमाथिको प्रतिबन्ध हटाइने प्रतिबद्धता थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८मा सम्झौताबाट एकतर्फी रुपमा हात झिके । 
ट्रम्पले आफू इरानसँग नयाँ सम्झौता गर्न चाहेको बताएका थिए । ट्रम्पले नयाँ सम्झौतामा इरानको परमाणु र ब्यालेस्टिक मिसाइलमा अनिश्चितकालिन रोक लगाउने बुदा थपिनुपर्ने बताएका थिए । 

इरानले त्यसलाई अस्वीकार ग¥यो । त्यसपछि इरानले विस्तारै सम्झौता अन्तर्गत पालना गर्नुपर्ने वाचा परित्याग गर्दै गएको थियो । 

सुलेमानीको मृत्युको समाचार आउनु अघि नै इरानले सम्झौताबारेमा नयाँ घोषणा गर्ने बताएको थियो । 

आइतबार इरानी मिडियाले तिनको देशले सन् २०१५ को सम्झौताले अघि ल्याएको कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा सार्वजनिक ग¥यो । 

‘इरानले आफ्नो आणविक प्रशोधनलाई बिना रोकतोक र आफ्नो प्राविधिक आवश्यकता अनुरुप अघि बढाउनेछ ,’ वक्तव्यमा भनिएको छ । 

तथापि, वक्तव्यले इरान सम्झौताबाट पूर्ण रुपमा बाहिरिएको भनेको छैन । वक्तव्यमा इरानले संयुक्त राष्ट्र संघीय निगारनीकर्ता आइएईएसँग निरन्तर सहकार्य गर्ने बताएको छ । 

‘इरान आफ्नो प्रतिबद्धतामा फर्किन तयार छ तर त्यसको लागि हामीले त्यस सम्झौता पालना गरेबापतको फाइदा उपभोग गर्न पाउनुपर्छ । ’ वक्तव्यमा भनिएको  । 

इरानले कति छिटो आणविक बम विकास गर्न सक्छ ?

इरानले उसको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनको लागि हो भन्दै आएको छ । तर पश्चिमी देशमा इरानले गोप्य रुपमा बम विकास गर्ला भन्ने शंकामाझ सन् २०१०मा संयुक्त राष्ट्रिय सुरक्षा परिषद, अमेरिका र युरोपले उमाथि कठोर प्रतिबन्ध लगाए । 

२०१५ आणविक सम्झौता इरानको आणविक कार्यक्रमलाई ठोस रुपमा सिमित गर्ने हिसाबले डिजाइन गरिएको थियो । यो सम्झौता पालन गरे बापत इरानले प्रतिबन्धमा सहुलियत पाउने कुरा उल्लेख छ । 

सन् २०१५जुलाई अघि इरानले ठूलो मात्रामा प्रशोधित युरेनियम जम्मा गरेको थियो । उक्त परिणामबाट आठदेखि १० वटा बम बन्ने तत्कालिन समयमा ह्वाइट हाउसले बताएको थियो । 

तत्कालिन समयमा अमेरिकी विज्ञले बताए अनुसार यदी इरानले बम बनाउने काममा तिव्रताका साथ लाग्यो भने उसले दुई तीन महिनामा आणविक हतियारको लागि आवश्यक ९० प्रतिशत प्रशोधित युरेनियम बनाउने बताएका थिए । उक्त अवधिलाई ‘ब्रेक आउट टाइम’ भनिन्छ । 

अहिलेको समयमा इरानले आणविक हतियार बनाउने प्रयास ग¥यो भने ‘ब्रेक टाइम’ पार गर्न एक वर्ष लाग्ने अनुमान गरिएको छ । तर यदी प्रशोधनको मात्रा २०प्रतिशत वृद्धि गरियो भने त्यो समय घटाएर ६ महिना बनाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप