अष्ट्रेलियामा पानी पर्यो तर डढेलोले उग्र रुप लिने चेतावनी
अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ तर अधिकारीले डढेलोले पुनः उग्र रुप लिने चेतावनी दिएका छन् ।
सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख छ ।
यद्यपि, आइतबार राती अधिकारीले बिहिबारदेखि तापक्रम थप वृद्धि हुने चेतावनी दिएका छन् ।
उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिने जानकारीसमेत दिएका छन् ।
‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान चेतावनी दिइन् ।
डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् ।
यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् । यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् ।
तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चेतावनी दिँदै भने, ‘तापक्रम बढ्नेछ र डढेलो पुनः सक्रिय हुनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण