सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ
सिरहा । सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका–८ बहुवाडाँडा निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका¬–२ निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ ।
सिरहाको विष्णुपुर गाउँपालिका घर भएकी १९ वर्षीया ती युवती घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल स्वीचअफ भएकाले मोबाइल चार्ज गर्न गोलबजार–६ स्थित मनकामना हेयर कटिङ सैलुनमा पुगेकी थिइन् ।
उक्त सैलुनमा पहिलादेखि नै बसिरहेका यादव र महतोले ‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै डेरामा लगेर जबरजस्ती करणी गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
मोबाइल चार्ज गर्न दिएको एक घण्टाभन्दा बढी समय भइसक्दा पनि मोबाइल नदिएपछि मोबाइल लिन महतोको डेराभित्र पसेकी युवतीलाई ढोकाको चुक्कुल लगाएर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।
घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै पुगेका प्रहरीले युवतीको उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताए ।
पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले अन्य स्थानीयको पनि संलग्नता हुनसक्ने आशङ्का गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण