कोटेश्वरमा आकाशेपुल निर्माण कहाँ गर्ने भन्नेमा विवाद
काठमाडौँ । कोटेश्वरमा आकाशेपुल निर्माण कहाँ गर्ने भनी विवाद हुँदा निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले कोटेश्वर चोकमा आकाशे पुल निर्माणका लागि गत चैतमा ठेक्का सम्झौता गरे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेकाले निर्माण अघि बढ्न नसकेको हो ।
डिभिजन सडक कार्यालयले कोटेश्वर चोक नजिकै पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । काठमाडौँ महानगरपालिका–३२ ले सो पुल कोटेश्वर चोकभन्दा पनि तीनकुने नजिक हुनुपर्ने माग गर्दै आएको छ ।
अहिलेसम्म स्थान सार्ने कि नसार्ने भनी निर्णय भइनसकेको डिभिजन सडक कार्यालय काठमाडौँका इञ्जिनीयर सुदर्शन कार्कीले बताए ।
कोटेश्वर चोकमा बस बिसौनी नजिकै पर्ने गरी पुल निर्माणको योजना बनाइएको उनले बताए ।
उनले भने, “वडा कार्यालयसँगको सल्लाहमा स्थानको निर्णय भएपछि नै निर्माण अघि बढ्नेछ ।”
सडक विभागले चालू आर्थिक वर्षमा कोटेश्वर र नयाँबानेश्वर चोकमा आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको थियो । काठमाडौँका पैदल यात्रुको चाप बढी भएका स्थान छनौट गरेर पुल निर्माण गर्न लागिएको इञ्जिनीयर कार्कीले बताए ।
विगतमा काठमाडौँ महानगरपालिकाले नै नगरभित्र आकाशे पुल निर्माण गर्दै आएको भए पनि चालू आवमा उसको योजना नभएकाले सरकारले योजना अघि बढाएको हो । नयाँबानेश्वर चोकमा गत पुसमा नै पुल निर्माणको अवधि सकिए पनि अझै सम्पन्न भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण