बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा आकाशेपुल निर्माण कहाँ गर्ने भन्नेमा विवाद

मङ्गलबार, २२ पुस २०७६, २० : ३४
मङ्गलबार, २२ पुस २०७६

काठमाडौँ । कोटेश्वरमा आकाशेपुल निर्माण कहाँ गर्ने भनी विवाद हुँदा निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले कोटेश्वर चोकमा आकाशे पुल निर्माणका लागि गत चैतमा ठेक्का सम्झौता गरे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेकाले निर्माण अघि बढ्न नसकेको हो । 

    डिभिजन सडक कार्यालयले कोटेश्वर चोक नजिकै पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । काठमाडौँ महानगरपालिका–३२ ले सो पुल कोटेश्वर चोकभन्दा पनि तीनकुने नजिक हुनुपर्ने माग गर्दै आएको छ । 

अहिलेसम्म स्थान सार्ने कि नसार्ने भनी निर्णय भइनसकेको डिभिजन सडक कार्यालय काठमाडौँका इञ्जिनीयर सुदर्शन कार्कीले बताए । 
कोटेश्वर चोकमा बस बिसौनी नजिकै पर्ने गरी पुल निर्माणको योजना बनाइएको उनले बताए । 
उनले भने, “वडा कार्यालयसँगको सल्लाहमा स्थानको निर्णय भएपछि नै निर्माण अघि बढ्नेछ ।”

    सडक विभागले चालू आर्थिक वर्षमा कोटेश्वर र नयाँबानेश्वर चोकमा आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको थियो । काठमाडौँका पैदल यात्रुको चाप बढी भएका स्थान छनौट गरेर पुल निर्माण गर्न लागिएको इञ्जिनीयर कार्कीले बताए । 

    विगतमा काठमाडौँ महानगरपालिकाले नै नगरभित्र आकाशे पुल निर्माण गर्दै आएको भए पनि चालू आवमा उसको योजना नभएकाले सरकारले योजना अघि बढाएको हो । नयाँबानेश्वर चोकमा गत पुसमा नै पुल निर्माणको अवधि सकिए पनि अझै सम्पन्न भइसकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप