१२२ चिनियाँलाई चीनले लग्यो, विमानस्थलमा जे देखियो (तस्बिरमा हेर्नुहोस्)

काठमाडौँ । नेपालमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बुधबार चीनले स्वदेश लगेको छ । उनीहरुलाई लिन दुई वटा चिनियाँ चार्टड विमान नेपाल आएका थिए ।
पहिलो जहाजमा पक्राउ परेकामध्ये ४२ जना र बाँकीलाई अर्को जहाजमा लगिएको थियो । महानगरीय प्रहरी वृत्त महाराजगन्ज, सोह्रखुट्टे, सिंहदरबार र महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएका चिनियाँ नागरिकमध्ये ४२ जनालाई भाडाको बसमा विमानस्थल पुर्याइएको थियो भने अरुलाई प्रहरीको भ्यानमा राखेर लगिएको थियो ।
जिल्ला अदालत काठमाडौँबाट १ हजार धरौटीमा छाड्ने आदेशपछि उनीहरुलाई यहाँको कानुनी प्रक्रिया पूरा गरेर चीनले स्वदेश फिर्ता लगेको हो । चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गरिने बताइएको छ ।
गत पुस ७ गते चिनियाँहरु राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए ।
यसो त ३ दिनअघि नै चिनियाँ प्रहरीको ८ जनाको टोली नेपाल आइसकेको थियो । ती प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद भएका सामानहरु त्रिभुवन विमानस्थलमा बुधबार बुझेका थिए । प्रहरीले बरामद भएका सामानहरु गाडीमा हालेर विमानस्थलमा पुर्याइ चिनियाँ टोलीलाई बुझाएको थियो ।
पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको छ ।
चिनियाँहरुलाई चीन लैजाने क्रममा विमानस्थलमा देखिएका तस्बिरहरु हेर्नुहोस्
तस्बिरः सुवास श्रेष्ठ र सुजन पन्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
पशुपति विकास कोषको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
-
केएल राहुलको शतक, दिल्लीले दियो २ सय रनको लक्ष्य
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश