एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा
काठमाडौं– एन आई सी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्धा सेवा दिने क्रममा विगत वि.सं. २०७१ साल देखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ ।
यस बैंकका ग्राहक महानुभावहरुलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एन आई सी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टा यहाँहरुको सम्पर्कमा रहीे ग्राहकहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।
यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सकिन्छ ।
यस सेवाको माध्यमबाट ग्राहकहरुले बैंकलाई दिनु हुने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहक महानुभावहरुमा बिशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण