सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६’ योजनामा जागेश्वरले जिते १० लाख
काठमाडौं– सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति’ योजनाअन्तर्गत साउदी अरबको अरब नेशनल बैंक–टेलिमनी बाट पैसा पठाई जागेश्वर भुस्कुलिया यादवले १० लाख जितेका छन् ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोह बीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्की ड्रमार्फत उक्त विजेता घोषणा गरिएको थियो । यस उपहार योजना अबधीभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत नौं सय जनाले दुई सयको मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले १० हजार नगद र तीन जनाले एक लाख नगद प्राप्त गरिसकेका छन् ।
ती सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक दुईको मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा १० हजार तीन जनालाई र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख र अन्त्यमा एक जना भाग्यशाली विजेताले १० लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसैं, तिहार र छठलाई लक्षित गर्दै यस ‘लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति’ योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण