नेपालका प्रिन्स सेमिफाइनलमा
काठमाडौं । नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहिबार प्रिन्सले भारतका आर्यन रसिदलाई २१–१०, २१–९ ले हराए । प्रिन्स मिक्सडबल्सको खेलमा भने पराजित भए ।
रसिला महर्जनलाई जोडी बनाए खेलेका उनी भारतका आयन रसिद र तस्निम मिरसँग २४–२६, २१–१४, २१–८ ले पराजित भएका थिए । महिला एकलतर्फ निता लम्साल नेपालकै निलिमा महरालाई २१–१२, २१–६ ले हराउँदै अन्तिम चारमा पुगिन् । निताले किम्स डबल्समा पनि गोकुल जोरासँग मिलेर नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१–१६, २१–१३ ले हराइन् ।
पुरुष एकलतर्फको अर्को खेलमा नेपालका नरेन्द्र बम श्रीलंकाका दुमिन्दु अवेविक्रमासँग २१–७, २१–९ ले पराजित भए । अर्को खेलमा भारतका अभिन बशिष्ठले श्रीलंकाका दिगायु कहातापितियालाई २१–१५, २१–८ ले हराए । भारतका मिरब लुवाङ्गले आफ्नै देशका शिभम कुमार मिश्रलाई २१–१२, २१–१६ ले हराए । नेपालकी रशिला महर्जन महिला एकलमा मलेसियाकी करुपथेभन लेत्शानासँग २१–१४, २१–१२ ले पराजित भइन् ।
सिमा राजबंशी भारतकी अनुपमा उपाध्यायसँग २१–९, २१–७ ले पराजित भइन् । अर्को खेलमा भारतकी तस्निमा मिरले मलेसियाकी सरन्या कविलानलाई २१–९, २१–३ ले पराजित गरिन् । पुरुष युगलतर्फ नेपालका अमृत चौधरी र जेबी साउदको जोडी नेपालकै डेभिड थापा मगर र युनिश राईको जोडीलाई २१–१६, २१–१२ ले हराउँदै सेमिफाइनलमा पुगे । श्रीलंकाका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१–१०, २१–१० ले, भारतका आर विकास प्रभु र अरुण कार्थिक केको जोडीले नेपालका गोकुल जोरा र प्रियान्शु सिंह क्षेत्रीको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे ।
मिक्स डबल्सतर्फ नेपालका पेम्बा शेर्पा र सिमा राजवंशीको जोडीले अमृत चौधरी र विष्णा विष्टको जोडीलाई २१–१४, २१–१० को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । जेबी साउद र प्रसुना खत्रीको जोडी भारतका मुरुगप्पा केएस र सनिया सिकन्दरको जोडीसँग २१–२, २१–७ ले पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण