‘इरानी मिसाइलले युक्रेनको यात्री विमान खसालेको थियो, यो कुराको प्रमाण छ’
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसमेत पश्चिमी देशका थुप्रै नेताले इरानी मिसाइलले युक्रेनको यात्रीवाहक विमानलाई गल्तीपूर्वक खसालेको प्रमाण आफूसँग भएको दाबी गरेका छन् ।
क्यानडा र ब्रिटेनका नेताले विमान दुर्घटनाको पूर्ण अनुसन्धानको माग गरेका छन् ।
बुधबार युक्रेनको १ सय ७६ यात्रु सवार विमान तेहरान विमानस्थलबाट उडान भर्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।
जस्टिन ट्रूडोले युक्रेनको विमान इरानको जमिनबाट हावामा मार गर्ने मिसाइलसँग ठक्कर खाएका कारण दुर्घटनाग्रस्त भएको गोप्य जानकारी आफूले प्राप्त गरेको दाबी गरेका छन् । ट्रूडोले यस्तो जानीजानी नगरेको पनि हुनसक्ने सम्भावना व्यक्त गरे ।
त्यसकारण यसबारे सूक्ष्म अनुसन्धान हुनुपर्ने ट्रूडोले माग राखेका छन् । उनले भने, ‘क्यानडेली जनताको मनमा विभिन्न प्रश्नहरु छन् र उनीहरुले जवाफ पाउनुपर्छ ।’
घटनाका लागि कसैलाई आरोप लगाउनु वा कुनै नतिजामा पुग्ने बेला अहिले नै भएको छैन र उनले प्रमाणबारे थप जानकारी दिन पनि अस्विकार गरेका छन् । विमानमा क्यानडाका ६३ नागरिक थिए र उनीहरु सबै टोरोन्टो जाँदै थिए ।
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोनले पनि ट्रूडोको बयानमा सहमती जताउँदै ब्रिटेन र क्यानडा मिलेर काम गरिरहेको जानकारी दिएका छन् ।
यसअघि अमेरिकी मिडियाले इरानले गल्तीपूर्वक एक यात्री विमानलाई मार हानेको बताएको थियो ।
अमेरिकी न्यूज च्यानल सीबीएसले अमेरिकी अधिकारीले युक्रेन इन्टरनेशनल एयरलाइन्सको बोइंग ७३७ विमानमा इरानको मिसाइल ठोक्किएको आफूहरुलाई विश्वास भएको जानकारी दिएको छ ।
इरानले यो आरोपलाई अफवाहको संज्ञा दिएको छ ।
तर युक्रेनले संयुक्त राष्ट्रसँग विमान दुर्घटनाको अनुसन्त्रानमा बिना शर्त समर्थन मागेको छ ।
युक्रेनले मिसाइल लाग्दा आफ्नो विमान खसेको थियो भन्ने बारे अनुसन्धान गर्न माग गरेको थियो । तर त्यतिबेला इरानले यस्तो आशंका खारेज गरेको थियो ।
इरानले इराकस्थित अमेरिकी सैन्य इलाकामा मिसाइल हमला गरेलगत्तै युक्रेनको विमान दुर्घटनाग्रस्त भएको थियो ।
सीबीएस न्यूजले अमेरिकी गुप्तचर विभागलाई उद्धृत गर्दै एक सेटलाइटले दुईवटा मिसाइल लञ्च गरेको इन्फ्रारेड ब्लिप्स देखेको र त्यसपछि बिस्फोटको पनि एउटा ब्लिप देखेको दाबी गरेको छ ।
यसैबीच न्यूजवीक म्यागजिनले अमेरिकी रक्षा मन्त्रालय, अमेरिकी गुप्तचर विभाग र इराकी गुप्तचर विभागका अधिकारीको हवाला दिँदै युक्रेन यात्री विमान रुसमा बनेको टोर मिसाइलसँग ठोक्किएको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहिबार भनेका थिए, ‘मलाई विमानको विषयमा शंका छ । कसैले गल्तीपूर्वक मार हानेको छ ।’
यी आरोप खारेज गर्दै इरानले यो अफवाह मात्र भएको बताएको छ ।
इारनको एक सरकारी अंग्रेजी टिभी च्यानल टिभीले इरान नागरिक उड्डयन मन्त्रालयको हवाला दिँदै ट्वीट गरेको छ, ‘युक्रेनको यात्री विमान मिसाइलसँग ठोक्किएको भन्ने खबर अतार्किक अफवाह हो ।’
युक्रेनको विमान दुर्घटनाको अनुसन्धानमा संयुक्त राष्ट्रसँग मद्दत मागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण