राजपरिवारको वरिष्ठ सदस्यको पद त्याग्ने घोषणा लगत्तै मेगन क्यानडा उडिन्, ह्यारी भने बेलायतमै
राजपरिवारको वरिष्ठ सदस्यको पद त्यागेको घोषणा गरेलगत्तै डचेज अफ ससेक्स क्यानडा फिर्ता भएकी छिन् । राजपरिवारको जिम्मेवारी त्याग गरेको विषयमा छलफलका लागि ड्युक अफ ससेक्स बेलायतमा नै बसेको डेलीमेलले बताएको छ ।
मेगन र ह्यारी आफ्ना छोरा आर्चीसहित क्रिसमस भरी क्यानडामा बसेका थिए ।
मेगन र ह्यारीले राजपरिवारको जिम्मेवारी परित्याग गरेको घोषणा गरेलगत्तै रानी, प्रिन्स अफ वेल्स र ड्युक अफ क्याम्ब्रिजले आफ्ना कर्मचारीलाई उचित समाधानको खोजी गर्न अह्राएको बुझिएको छ ।
ड्युक र डचेज अफ ससेक्सले अचानक सार्वजनिक गरेको वक्तव्यका कारण राजपरिवारका सदस्य ‘दुःखी’ भएको बुझिएको छ ।
बीबीसीका संवाददाता निकोलस वित्चेलले दिएको जानकारी अनुसार रानीले बिहिबार प्रिन्स अफ वेल्स, चार्ल्स र ड्युक अफ क्याम्ब्रिज, प्रिन्स विलियम्ससँग यसबारे कुरा गरेकी छिन् ।
यी तीनैजनाले राजदरबारका वरिष्ठ कर्मचारीलाई केही दिनभित्रै समाधानको खोजी गर्न आदेश दिएका छन् ।
पछि मेगन क्यानडाका लागि उडेको बीबीसीका शाही संवाददाता जोनी डेमण्डले जानकारी दिए ।
बीबीसीका संवाददाताले मेगन र ह्यारीको निर्णयले बकिङ्घम राजदरबार अलमलमा परेको बताएका छन् ।
बुधबार बकिङ्घम राजदरबारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उनीहरुले भिन्न निर्णय लिन चाहेको इच्छालाई हामीले बुझेका छौं तर यो निकै जटिल विषय हो जुन सल्टिन धेरै समय लाग्छ ।’
यद्यपि, यी दुईले राजपरिवारबाट बाहिरिने निर्णय गरेपनि ह्यारी बेलायतको राजगद्दीका छैटौं उत्तराधिकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
