‘१५ हजार घुसले अदालत पुर्यायो’
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पञ्जियारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत रु १५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । निज प्रनानी निरीक्षक पञ्जियारविरुद्ध सोही रकम बराबर बिगो माग दाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको भन्दै श्री जनजौ कुमारी शाही प्राथमिक विद्यालय तनहुँको शिक्षिका अनिता पोखरेलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासीबाट प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेको झुठ्ठा प्रमाणपत्र पेश गरी २०५६ मङ्सिर १० देखि २०७५ चैत ८ गतेसम्म शिक्षिकाका रुपमा काम गरेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण